देशसञ्चार चौतारीमा भाग-१४६

श्रवण मुकारुङको ४० वर्ष लामो लेखनयात्रा

+
-
देशसञ्चार AI सारांश
  • कवि श्रवण मुकारुङले किराँत मुन्धुम र सीमान्तकृतहरूको आवाजलाई आफ्नो उपन्यास ‘सलह’मा समेटेको खुलासा गरे।
  • अग्रज कविहरूको प्रेरणाले साहित्यमा प्रवेश गरेका श्रवणले पारिजातसँगको अनुभवलाई सम्झँदै न्यानो महसुस गर्छन्।
  • नेपाली साहित्य बजारको सानो आकारले साहित्यकारको जीवन सधैँ चुनौतीपूर्ण हुने श्रवणको विश्लेषण छ।

कवि श्रवण मुकारुङले शब्दको कालिगढी गर्न थालेको चार दशक नाघिसक्यो। उनीसँग हामीले देशसञ्चार चौतारीको यसपटकको अंकका लागि कुराकानी गरेका छौँ। कविता र गीतमा डुबेका श्रवणले हालसालै ‘सलह’ उपन्यास प्रकाशित गरेका छन्।

भोजपुरबाट भविष्यको खोजीमा काठमाडौँ आइपुगेका श्रवणले जीवनका शब्दबाहेक अरू केही कुँदेनन्। त्यही शब्दकर्ममा उनले जीवनको सन्तुष्टि पाए।

कविता छोटो सेटिङमा लेखिने भए पनि उपन्यासको क्यानभास ठूलो हुने भएकाले यसमा समय धेरै लाग्ने उनले देशसञ्चार चौतारीका क्रममा बताए। किराँत मुन्धुमबारे आफू ठूलो जानकार नभए पनि यसका विभिन्न प्रसंगहरू विम्व र तत्वहरू आफ्नो उपन्यासमा परेको उनले बताए। सीमान्तकृतहरूको आवाज आफूले सधैँ उठाउँदै आएको र  आफ्नो पछिल्लो कृतिमा पनि त्यो आएको उनले सुनाए। उपन्यासमा मिथलाई भत्काएर नयाँ रूपमा ल्याएको पनि उनले बताए।

अग्रजहरूको विरासत र प्रेरणाले आफू साहित्यमा आएको उनले बताए। आफू निबन्ध र नाटकबाट सिर्जनाकर्ममा लागेको र पछि कवितामा डुबेको उनले देशसञ्चार सहकर्मीहरूसँग बताए।

काठमाडौँ आएर पहिलोपटक कविता सुनाउँदा पारिजातले भन्नुभएछ, ‘तिमी नयाँ भए पनि तिम्रो हात नयाँ होइन।’

‘पारिजातले यसो भन्दा मलाई रातभरि निद्रा लागेन’, उनले पुराना कुराहरू सम्झिए।  अग्रज कविहरूको संगत र प्रेरणाले अहिले पनि न्यानो महसुस हुन्छ।

चौतारीका क्रममा उनले बासु शशि, जगदीश शमशेर, सिद्धिचरण श्रेष्ठ, मोहन कोइराला, ईश्वर बल्लभ, ईश्वर बराललगायतका सम्झनाहरू पनि सुनाए उनले।

जीवनमा आफू पनि लाहुरे बन्न चाहेको तर झगडाका कारण आफू लाहुर जान नपाएको कथा पनि सुनाए श्रवणले।

कार्यक्रमका क्रममा उनले बिसे नगर्चीको बयान कविताको रचनागर्भ पनि सुनाए। नेपाली साहित्यको बजार सानो भएकाले जीवन सधैँ चुनौतीपूर्ण हुने उनले विश्लेषण छ। ‘साहित्यकारहरूलाई सधैँ दालभातकै जोखिम छ,’ उनले भने।

विस्तृत कुराकानी:

 

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…