अ
+
अ
अ
-
उपेन्द्रमान सिंह नेपाली फुटबलका एक हस्ती हुन् जसले सन् १९९० यताका ३६ वर्ष फुटबललाई दिइसकेका छन्।
सन् १९९० मा अन्डर १६ टिममा खुला प्रतिष्पर्धाबाट छानिएका सिंह सन् १९९१ मा १७ वर्षकै उमेरमा राष्ट्रिय टिममा गोलकिपर बने।
उनी गोलकिपर छँदा नेपाल फुटबलको साफ च्याम्पियन बनेको थियो, सन् १९९३ मा।
कुनै समय अखिल नेपाल फुटबल संघका उपाध्यक्ष रहिसकेका सिंह अहिले पनि प्रशिक्षकको भूमिकामा छन्। उनले आफ्नै पहलमा अहिले ठिमीमा फुटबल एकेडेमी पनि चलाइरहेका छन्।
उनले प्रधानमन्त्री बालेन्द्र शाहले चाहे भने नेपालले पनि कुनै समय विश्वकप फुटबल खेल्न सक्ने बताएका छन्।
उनै सिंहसँग नेपाली फुटबलको ओरालो यात्रा, विश्वकप फुटबलको रोमाञ्च र उनको फुटबल यात्रा तथा संघर्षबारे यस पटकको देशसञ्चार चौतारीमा हामीले लामो कुराकानी गरेका छौँ।
पूरा भिडियो:
भर्खरै
लोकप्रिय
