व्यापारिक जहाजमाथि हमला गरेको भन्दै अमेरिकाले इरानमा गर्यो शक्तिशाली आक्रमण

व्यापारिक जहाजमाथि हमला गरेको भन्दै अमेरिकाले इरानमा गर्यो शक्तिशाली आक्रमण
+
-
देशसञ्चार AI सारांश
  • अमेरिकाले हर्मुज क्षेत्रका जहाजमाथिको आक्रमणको जवाफमा इरानमाथि हवाई हमला गरेको छ।
  • इरानले अमेरिका–इरान सम्हमति उल्लङ्घन हुँदै तेहरानले निर्णायक कदम उठाउने चेतावनी दिएको छ।
  • अमेरिकी आक्रमणले केश्म टापु, बन्दर अब्बास र सिरिक क्षेत्र प्रभावित हुँदा केही घाइते भएको रिपोर्ट छ।

‘स्ट्रेट अफ हर्मुज’मा व्यापारिक जहाजमाथि आक्रमण भएको भन्दै अमेरिकाले इरानमा शक्तिशाली हवाई हमला गरेको छ। हर्मुजमा तीनवटा व्यापारिक जहाजमाथि आक्रमण भएको जवाफस्वरूप अमेरिकाले इरानमाथि ‘शक्तिशाली’ हवाई हमला गरेको हो।

अमेरिकी सेनाको केन्द्रीय कमाण्ड (सेन्टकम) ले मंगलबार राति जारी गरेको विज्ञप्तिमा अन्तर्राष्ट्रिय जलमार्गमा निर्दोष चालक दलसहितका व्यापारिक जहाजलाई निशाना बनाएर गरिएको आक्रमणको ‘ठूलो मूल्य चुकाउन बाध्य पार्न’ यो सैन्य कारबाही सुरु गरिएको जनाएको छ।

इरानका उपविदेशमन्त्रीले अमेरिकी आक्रमणलाई गत महिना भएको अमेरिका–इरान समझदारी सम्झौताको उल्लङ्घन भएको भन्दै तेहरानले ‘निर्णायक कदम चाल्ने’ चेतावनी दिएका छन्।

इरानी सरकारी सञ्चारमाध्यमका अनुसार अमेरिकी आक्रमणबाट केश्म टापु, बन्दर अब्बास र सिरिक क्षेत्र प्रभावित भएका छन्। छर्रा लागेर केही मानिस घाइते भएको जनाइएपनि कसैको पनि मृत्यु पुष्टि भएको छैन।
यसअघि अमेरिकाले तेल ट्याङ्करमाथि भएको आक्रमणको परिणाम इरानले भोग्नुपर्ने चेतावनी अमेरिकाले दिएको थियो। मंगलबार राति सेन्टकमले जारी गरेको अर्को विज्ञप्तिमा अमेरिकी आक्रमण इरानद्वारा गरिएका आक्रमणको प्रतिकार भएको उल्लेख गरिएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘इरानको आक्रामक व्यवहार कुनै पनि हिसाबले उचित थिएन। यो अत्यन्त खतरनाक थियो र युद्धविराम सम्झौताको स्पष्ट उल्लङ्घन हो।’ यस आक्रमणअघि नै अमेरिकी अर्थ मन्त्रालयले इरानमाथिको तेल प्रतिबन्ध अस्थायी रूपमा खुकुलो बनाउने अनुमति रद्द गरेको थियो।

गत महिना वासिङ्टन र तेहरानबीच भएको समझदारीअनुसार इरानलाई तेल तथा पेट्रोलियम पदार्थ बिक्री गर्न दिइएको विशेष अनुमति अब खारेज गरिएको छ। इरानको विदेश मन्त्रालयले यसलाई सम्झौताको उल्लङ्घन भन्दै अमेरिकी सरकारको खराब नियत, अस्थिर नीति र अविश्वसनीय व्यवहारको प्रमाण भएको प्रतिक्रिया दिएको छ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…