अमेरिकी नागरिकको रिहाइ ‘शुभेच्छाको इशारा’ : ट्रम्प

अमेरिकी नागरिकको रिहाइ ‘शुभेच्छाको इशारा’ :  ट्रम्प
+
-
देशसञ्चार AI सारांश
  • राष्ट्रपति ट्रम्पले इरानले अमेरिकी महिला रिहा गरेको ‘शुभेच्छाको इशारा’ भनी प्रशंसा गर्दै सुरक्षित निर्वासनको जानकारी दिए।
  • अन्तर्राष्ट्रीय मानव अधिकार वकिल जारेड गेन्सरले महिला रिहाइको पुष्टि गर्दै ट्रम्पको असाधारण प्रयासलाई श्रेय दिए।
  • ट्रम्पले इरान वार्तामा नफर्किए इरानी पावर प्लान्ट र पुलहरू ध्वस्त पार्ने चेतावनी दिए।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्थानीय समय अनुसार बुधबार इरानले एक अमेरिकी महिलालाई रिहा गरेपछि यसलाई ‘शुभेच्छाको इशारा’ भनेर प्रशंसा गरेका छन्। उनले रिहा भएकी महिला सन् २०२४ को डिसेम्बरदेखि इरानमा थुनामा  थिइन्।

राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा पोस्ट गर्दै लेखेका छन्, “इरानी नियन्त्रणबाट रिहा हुनुभएका अमेरिकी महिलाले इरानबाट सुरक्षित रूपमा बाहिर निस्किएको बताउनुभएको छ।”

उनले भने, “इरानले सन् २०२४ डिसेम्बरमा ‘जो बाइडेन’ को राष्ट्रपति कालमा गलत रूपमा थुनिएको एक अमेरिकी नागरिकलाई इरान छोड्न अनुमति दिएको छ। उहाँ अहिले इरानबाहिर सुरक्षित हुनुहुन्छ र उहाँको स्वास्थ्य राम्रो छ। संयुक्त राज्य अमेरिकाले इरानको यो शुभेच्छाको इशाराको प्रशंसा गर्दछ!”

सीएनएनका अनुसार यस बिषयमा सीएनएनले ह्वाइट हाउस र राष्ट्रपतिका विशेष प्रतिनिधिको कार्यालयसँग प्रतिक्रिया मागेको थियो तर यसबारे थप जानकारी प्राप्त हुन सकेन। राष्टपति ट्रम्पले दिएको जानकारीमा महिलाको नाम उल्लेख गरेका छैनन् र उनको रिहाइको थप विवरण दिएका छैनन्।

अन्तर्राष्ट्रिय मानव अधिकार वकिल जारेड गेन्सरले एक्समा पोस्ट गर्दै उनको रिहाइको पुष्टि गरेका छन्। उनले लेखेका छन्, “म अत्यन्त खुशी छु कि सन् २०२४ को डिसेम्बरदेखि इरानमा झुटा आरोपमा फसेकी मेरा सेवाग्राही अमेरिकी नागरिक डेना करारीे सन् २०२४ को डिसेम्बरदेखि इरानमा झुटा आरोपमा फस्नुभएको थियो अब स्वतन्त्र हुनुभएको छ।”

गेन्सरले रिहाइका लागि राष्टपति ट्रम्पलाई श्रेय दिँदै भनिन्, “राष्ट्रपति ट्रम्पको असाधारण र निरन्तर प्रयासबिना यो सम्भव थिएन।’ डेना अब सुरक्षित छिन् र अमेरिका फर्किंदै छन्। सीएनएनका अनुसार, करारीलाई थुनामा राखिएको आरोप लगाइएको र पछि धरौटीमा रिहा गरिएको थियो तर उनीमाथि बाहिर निस्किनबाट प्रतिबन्ध थियो, जसले अहिलेसम्म उनलाई इरान छोड्न मिलेको थिएन।

सीएनएनले गत महिनासम्म अमेरिकी सरकारले इरानमा थुनामा रहेका कम्तीमा ६ जना अमेरिकीको ‘ट्र्याकिङ’ गरिरहेको जनाएको छ, जसमध्ये दुई जनालाई आधिकारिक रूपमा गलत थुनामा परेको मानिएको छ।

ट्रम्पको यो पोस्ट इरानसँगको चलिरहेको द्वन्द्वको समयमा आएको हो। पेन्सिलभेनियाको डिफेन्स एण्ड इनोभेसन समिटमा उनलाई इरानमाथि हमला गर्न कुनै डेडलाइन दिएका छन् कि भनी सोधिएको अर्को एक प्रश्नमा राष्ट्रपति ट्रम्पले जवाफ दिए, “मलाई डेडलाइन दिन मन लाग्दैन, तर उनीहरूलाई राम्रोसँग थाहा छ। उनीहरूले कथा बुझेका छन्। उनीहरूले राम्रो व्यवहार गर्नुपर्छ।”

मंगलबार फक्स न्यूजसँगको अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पले ‘यदि इरान वार्ताको टेबलमा नफर्केमा अमेरिकाले आगामी हप्ताबाट इरानी पावर प्लान्ट र पुलहरूलाई लक्षित गर्न थाल्नेछ’ भनी चेतावनी दिएका थिए।

उनले भने, “हामी उनीहरूलाई भोलि राति निकै कडा प्रहार गर्नेछौँ। अर्को रात पनि कडा प्रहार गर्नेछौँ। अनि अर्को हप्ता उनीहरूका लागि निकै खराब हुनेछ, किनकि अर्को हप्ता पावर प्लान्ट र पुलहरूको पालो आउनेछ। हामी उनीहरूका सबै पावर प्लान्ट र पुलहरू ध्वस्त पार्नेछौँ, जबसम्म उनीहरू वार्ताको टेबलमा आउँदैनन्।”

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…