दुई अर्ब होइन, दुई रुपैयाँ बद्मासी भएको प्रमाणित भए सार्वजनिक जीवन त्याग्न तयार छुः अर्थमन्त्री वाग्ले

दुई अर्ब होइन, दुई रुपैयाँ बद्मासी भएको प्रमाणित भए सार्वजनिक जीवन त्याग्न तयार छुः अर्थमन्त्री वाग्ले
+
-
देशसञ्चार AI सारांश
  • अर्थमन्त्री वाग्लेले कर दरमा अनियमितताको आरोपलाई प्रमाणसहित पुष्टि गर्न विपक्षीलाई चुनौती दिएका छन्।
  • दुई अर्ब होइन, दुई रुपैयाँको पनि अनियमितता प्रमाणित भए सार्वजनिक जीवन त्याग गर्न तयार रहेको भने।
  • सार्वजनिक जीवनमा सबैले उच्च नैतिकता र जवाफदेहिता कायम राख्नुपर्ने वाग्लेले औँल्याउँदै आर्थिक निर्णयलाई उचित बताएका छन्।

काठमाडौँ- विपक्षीहरुले करका दरमा अर्थमन्त्रीले चलखेल गरेको आरोप लगाइरहेका बेला अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रमाणित गर्न कडा चुनौती दिएका छन् ।

सांसदको सार्वजनिक लेखा समितिको बैठकमा अर्थमन्त्री वाग्लेले कसैले अनुचित लाभ लिन हतारमा सवारीसाधन भित्र्याएको वा राजश्वमा क्षति पुर्याएको आरोप लगाउने हो भने त्यसका प्रमाण सार्वजनिक गर्न चुनौती दिएका हुन् ।

समिति सदस्यहरुले दुई अर्व चलखेल भएको बताएपछि उनले दुई अर्ब मात्रै नभई होइन, दुई रुपैयाँ बराबरको बदमासी भएको प्रमाणित भए सार्वजनिक जीवन त्याग्न तयार रहेको घोषणा गरे ।

उनले भने,‘कर बढ्दै छ भनेर सूचना दिएको छ भन्ने ननसेन्स ! कुरा हो । त्यसको प्रमाण प्रस्तुत गरियोस् । दशौँ करोड घाटा हुने गरी कसैले हतारहतार गाडी पास गर्यो भने त्यसको प्रमाण लिएर आउनुस् । कुनै कागजी प्रमाण होला, कुनै सञ्चार वा पत्राचारका विवरण होलान्, ती सबै लिएर आउनुस् । म त कठघरामा उभिन तयार छु । अरब–खर्बको कुरा जथाभावी गरिएको छ । दुई अर्ब होइन, स्वर्णिम वाग्लेले दुई रुपैयाँ बराबरको पनि कुनै बदमासी गरेको छ भने, म अर्थमन्त्री मात्र होइन, सांसद मात्र होइन, सार्वजनिक जीवन नै त्याग गर्न तयार छु । यो मेरो चुनौती हो ।’

उनले सार्वजनिक जीवनमा रहेका सबै व्यक्तिहरूले समान स्तरको नैतिकता र जवाफदेहिता कायम राख्नुपर्ने आवश्यकता पनि औँल्याए । बजेट र कर नीतिसम्बन्धी निर्णयहरू आर्थिक सिद्धान्त, प्रगतिशील कर प्रणाली तथा दीर्घकालीन आर्थिक हितलाई ध्यानमा राखेर गरिएको उनको भनाइ छ ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…