अ
+
अ
अ
-
काठमाडौँ – मध्यपूर्वमा बढ्दो तनाव र सुरक्षा अवस्थालाई मध्यनजर गर्दै सरकारले त्यहाँ रहेका नेपाली नागरिकहरूको उद्धार तथा सहज आवागमनका लागि आजदेखि विशेष उडान सञ्चालन गरेको छ।
शुक्रबार परराष्ट्र मन्त्रालयले प्रेस ब्रिफिङको आयोजना गरी यस्तो जानकारी गराएको हो। मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले मध्यपूर्वमा सहज आवागमन र स्वदेश फर्कन चाहने नागरिकका लागि तीन दिन विशेष उडान सञ्चालन गरिने जानकारी दिए।
उनका अनुसार शुक्रबार काठमाडौँ–दुबई, शनिबार दुबई–काठमाडौँ, आइतबार काठमाडौँ–दमाम र दमाम–काठमाडौँ उडान हुनेछ। उनले प्रिबुक भएका तथा नेपाल फर्कन चाहने नागरिकहरुलाई फिर्ता ल्याउने जानकारी दिए।
त्यस्तै, नियोगको सिफारिसमा पाँच जनासम्मलाई नियमित भाडादरमा टिकट उपलब्ध गराउन अनुरोध गरिएकोसमेत प्रवक्ता क्षेत्रीको भनाइ छ।
भर्खरै
लोकप्रिय
