नागरिक अगुवा डा. देवेन्द्रराज पाण्डेको निधन

नागरिक अगुवा डा. देवेन्द्रराज पाण्डेको निधन
+
-
देशसञ्चार AI सारांश
  • डा. देवेन्द्रराज पाण्डेको ८७ वर्षको उमेरमा काठमाडौंको विशालनगरस्थित निवासमा शुक्रबार साँझ निधन भएको पारिवारिक स्रोतले बताएको छ।
  • पाण्डे क्यान्सर उपचारका लागि अस्पतालमा भर्ना गरिएको भए तापनि सुधार नभएपछि घरमै ल्याइएको थियो।
  • अर्थशास्त्रमा स्नातकोत्तर गरेका पाण्डे ३९ वर्षको उमेरमा अर्थ मन्त्रालयको सचिव बनेका थिए र पछिल्ला वर्षहरूमा महत्वपूर्ण पुस्तक प्रकाशित गरेका थिए।

काठमाडौं- नागरिक अभियन्ता डा. देवेन्द्रराज पाण्डेको शुक्रबार साँझ निधन भएको छ। उनको शुक्रबार साँझ ७ बजेर ४० मिनेटमा काठमाडौंको विशालनगरस्थित निवासमा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ।

उनको बिहीबार ह्याम्स अस्पताल र पाटन अस्पतालमा उपचार गरिए पनि उपचार सम्भव नभएपछि घरमै ल्याइएको हो। उनी क्यान्सरको उपचारमा थिए।

उनको शनिबार बिहान ११ बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जानकारी दिएको छ।

उनी ८७ वर्षका थिए।
त्रिचन्द्र कलेजबाट स्नातक र भारतको इलाहावाद विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर गरेका डा. पाण्डेले अमेरिकाको पिट्सबर्ग विश्वविद्यालयबाट सार्वजनिक र अन्तर्राष्ट्रिय सम्बन्धमा विद्यावारिधि गरेका थिए।

२०१७ सालमा निजामती सेवामा प्रवेश गरेका पाण्डे ३९ वर्षकै उमेरमा अर्थ मन्त्रालयको सचिव बनेका थिए तर उनले २०३६ सालमा पदबाट स्वेच्छिक राजीनामा दिएका थिए। २०४६ सालको जनआन्दोलन सफल भएपछि गठित कृष्णप्रसाद भट्टराईको अन्तरिम सरकारमा उनी अर्थमन्त्री बनेका थिए।

उनका एक ज्यान दुई जुनी (आत्मकथा), नेपाल्स फेल्ड डेभलपेन्ट: रिफ्लेक्सन्स् अन द मिसन एन्ड द मालाडिज, नागरिक आन्दोलन र गणतान्त्रिक चेतना र लोकतन्त्रको प्राण-प्रतिष्ठालगायत कृति प्रकाशित छन्।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…