पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल

पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल
+
-

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पित्तथैलीमा रहेको २२ एमएमको ढुंगा सफल शल्यक्रियामार्फत निकालिएको छ।

डा. पलेस्वाँ जोशी लाखेको नेतृत्वमा रहेको चिकित्सक टोलीले उक्त शल्यक्रिया सम्पन्न गरेको हो।

चिकित्सकहरूका अनुसार शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएसँगै ओलीलाई निगरानीका लागि आईसीयूमा सारिएको छ र हाल उनी अस्पतालमै उपचाररत छन्।

यसअघि, जेनजी आन्दोलनमा दमन गरेको आरोपमा पक्राउ परेपछि ओलीलाई त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको थियो। उनकी पत्नी राधिका शाक्यले ले गैरकानुनी हिरासतको आरोप लगाउँदै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दिएकी थिइन्।

सर्वोच्च अदालतले २६ चैतभित्र अनुसन्धान टुंग्याउन आदेश दिएको थियो र समयमै अनुसन्धान नसकिएपछि शर्तसहित रिहा गर्न निर्देशन दिएको थियो। सोही आदेशअनुसार प्रहरीले ओलीलाई उनकी पत्नीको जिम्मा लगाएको थियो।

रिहा भएपछि पनि स्वास्थ्य अवस्थाका कारण शल्यक्रिया आवश्यक भएकाले उनी अस्पतालमै बसेर उपचार गरिरहेका थिए।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…