पोखरामा कांग्रेसका हिन्दुवादी नेताहरूको अन्तरक्रिया, पार्टीको भावी एजेन्डामाथि छलफल

पोखरामा कांग्रेसका हिन्दुवादी नेताहरूको अन्तरक्रिया, पार्टीको भावी एजेन्डामाथि छलफल
फाइल तस्बिर ।
+
-

काठमाडाैँ – नेपाली कांग्रेसका हिन्दुवादी नेता तथा पूर्वमन्त्री शंकर भण्डारीले पोखरामा पार्टीका हिन्दुवादी विचारधाराका नेताहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेका छन्।

कार्यक्रममा कांग्रेसका पूर्व केन्द्रीय सदस्य शारदा पौडेललगायत महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि तथा विभिन्न तहका हिन्दुवादी अभियन्ता र तरुण नेताहरूको सहभागिता थियो।

भेटघाट तथा अन्तरक्रियामा नेपाली कांग्रेसले आगामी दिनमा बोक्नुपर्ने राजनीतिक एजेन्डा, संगठन सुदृढीकरण तथा पार्टीको वैचारिक दिशाबारे छलफल थियो।

सहभागीहरूले कांग्रेसका संस्थापक नेता बी.पी. कोइरालाले प्रतिपादन गरेका राष्ट्रियता, प्रजातन्त्र, समाजवाद र धार्मिक स्वतन्त्रताजस्ता आधारभूत सिद्धान्तबाट पार्टी विचलित हुँदै गएको धारणा व्यक्त गरेका थिए। सत्ता प्राप्तिका लागि सिद्धान्तभन्दा बाहिर गएर गरिएको राजनीतिक सहकार्यका कारण कांग्रेस वर्तमान अवस्थामा पुगेको निष्कर्ष समेत बैठकले निकालेको थियो।

अन्तरक्रियामा सहभागी नेताहरूले सनातन हिन्दुराष्ट्रको अवधारणा,राष्ट्रिय मेलमिलापको नीति तथा राजसंस्थालाई आत्मसात गर्न सके मात्रै नेपाली कांग्रेस आफ्नो मूल लक्ष्य र गन्तव्यतर्फ अघि बढ्न सक्ने धारणा व्यक्त गरेका थिए।

कार्यक्रममा पार्टीको संगठन विस्तार, कार्यकर्ताको सक्रियता अभिवृद्धि तथा आगामी राजनीतिक रणनीतिका विषयमा समेत छलफल भएको थियो।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…