- आर्थिक वर्ष ०८२।०८३ मा पशु सेवा कार्यालयको बजेट खर्च मात्र ५७.९० प्रतिशत रहेको छ।
- सञ्चालन मापदण्ड अनुसार प्रस्तावना पेश गर्न नसक्दा विशेष महत्वका कार्यक्रम गर्न नसकिएर बजेट खर्च न्यून भएको हो।
- पुँजीगततर्फको बजेट प्रायः पूरै खर्च भए पनि पशुपन्छी श्रोत केन्द्रका कार्यक्रममा बजेट फिर्ता गएको छ।
हुम्ला – आर्थिक वर्ष ०८२।०८३ मा पशु अस्पताल तथा पशु सेवा कार्यालयको वजेट खर्च न्यून भएको छ ।
कार्यक्रम सञ्चालन सम्वन्धि मापदण्ड अनुसार सेवाग्राहीहरुले प्रस्तावना पेश गर्न नसकेपछि बिशेष महत्य दिएका कार्यक्रम सञ्चालन गर्न नसकिएपछि बजेट खर्च न्यून देखिएको हो ।
उक्त आवमा कार्यालयको वित्तिय प्रगति ५७ दशमलव ९० प्रतिशत रहेको निमित्त कार्यालय प्रमुख कृष्ण रोकायाले बताए । कुल बजेट चार करोड ७३ लाख ४३ हजार रहेको थियो ।
त्यसमा पुँजीगततर्फ चालीस लाख बजेट विनीयोजित भएकोमा ३९ लाख ९९ हजार खर्च भएर झण्र्ड सतप्रतिशत वजेट खर्च भएको छ । त्यसैगरि चालुतर्फ चार करोड ३३ लाख ४३ हजार वजेट विनीयोजित भएकोमा दुई करोड ७४ लाख १३ हजार मात्र खर्च भएको छ ।
यसमा सिंगै एक करोढ ५५ लाख का पशुपन्छी श्रोत केन्द्र सम्वन्धि कार्यक्रमको वजेट फिर्ता गएको छ।
कार्यालयका अनुसार कार्यक्रम सञ्चालन सम्वन्धि मापदण्ड अनुसार सेवाग्राहीले प्रस्तावना पेश गर्न नसकेको कारण कार्यक्रम गर्न नसकिएको हो ।कार्यालयका अनुसार कार्यक्रममा सेवाग्राहीले प्रस्तावना पेश गरेको भएता पनि कार्यक्रम सञ्चालनसम्बन्धी मापदण्ड कसैको पनि नपुगेको कारण कार्यक्रम गर्न नसकिएको हो ।
भर्खरै
लोकप्रिय
