यी शीर्षकमा मधेस सरकारले गर्‍यो खर्च कटौती

यी शीर्षकमा मधेस सरकारले गर्‍यो खर्च कटौती
+
-
देशसञ्चार AI सारांश
  • मधेस प्रदेश सरकारले वित्तीय सन्तुलन कायम राख्न विभिन्न मन्त्रालय र केन्द्रको बजेटमा खर्च कटौती गरेको छ।
  • सवारी साधन मर्मत, सार्वजनिक सम्पत्ति मर्मत तथा सूचना प्रकाशन खर्चमा ५० प्रतिशत खर्च कटौती गर्ने निर्णय भएको छ।
  • १० लाख वा सोभन्दा कम बजेट भएका आयोजना र कार्यक्रमहरू पनि पूर्ण रूपमा रोक्का गरिएका छन्।

जनकपुरधाम- वित्तीय संतुलनका लाग मधेस प्रदेश सरकारले विभिन्न शीर्षकमा खर्च कटौती गरेको छ । मन्त्रालयले एक सूचना जारी गर्दै वित्तीय सन्तुलन कायम राख्न विभिन्न शीर्षकमा खर्च कटौती र रोक्का राख्ने निर्णय गरेको जनाएको हो ।

अर्थमन्त्रालयले प्रदेशको विभिन्न मन्त्रालय, सचिवालय, आयोग, प्रतिष्ठान तथा केन्द्रको बजेटमा कटौती गरेको हो । मन्त्रालयले मसलन्द तथा कार्यालय सामग्रीमा विनियोजित रकममध्ये खर्च हुन बाँकी रकमको ३० प्रतिशत खर्च कटौती एवं रोक्का गर्ने निर्णय गरेको हो ।

यस्तै, सवारी साधन मर्मत खर्च, मेशिनरी तथा औजार मर्मत-सम्भार तथा सञ्चालन खर्च, निर्मित सार्वजनिक सम्पत्तिको मर्मत सम्भार खर्च, पत्रपत्रिका, छपाई तथा सूचना प्रकाशन खर्चलगायत विभिन्न शीर्षकहरूमा विनियोजित रकममध्ये खर्च हुन बाँकी रकमको ५० प्रतिशत खर्च कटौती एवं रोक्का गर्ने निर्णय गरेको हो ।

यस शीर्षकमा कार्यक्रम खर्च, भ्रमण खर्च, सवारी साधन तथा मेशिनरी औजार भाडा, सरसफाई संरचना निर्माण, निर्मित भवनको संरचनात्मक सुधार खर्च, वन तथा वातावरण संरक्षण लगायतको समावेश छ ।

यस्तै, हालसम्म कार्यदेश नलिएका सबै आयोजना तथा कार्यक्रमहरू, पुस्तक तथा सामग्री खर्चलगायतका शीर्षकमा रहेको कार्यक्रमहरूमा पूर्ण रुपले रोक्का गरिएको छ ।

यसैगरी, सुरु विनियोजित रकम १० लाख वा सोभन्दा कमका आयोजना तथा कार्यक्रम रोक्का गरिएको छ ।

अर्थमन्त्री युवराज भट्टराईले असार महिनामा खर्च गर्ने परिपाटी देखिएको र त्यसलाई निरुत्साहित गर्न यस किसिमको निर्णय गरिएको जनाएका हुन् ।

कुन-कुन शीर्षकमा भयो खर्च कटौती? 

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…