बलिउड गायिका अल्का याज्ञिक ‘पद्मभूषण’बाट सम्मानित

बलिउड गायिका अल्का याज्ञिक ‘पद्मभूषण’बाट सम्मानित
+
-
देशसञ्चार AI सारांश
  • बलिउड गायिका अल्का याज्ञिकले पद्मभूषण पुरस्कार पाउँदा खुशी र भावुकता व्यक्त गर्दै यसलाई विनम्र क्षण भनेकी छन्।
  • उनले इन्स्टाग्राममा पछिल्ला दुई वर्ष चुनौतीपूर्ण भन्दै, स्वास्थ्य समस्याले गर्दा सार्वजनिक कार्यक्रमबाट टाढा भएको बताइन्।
  • अल्काले प्रशंसकहरूको माया, प्रार्थना, सन्देशले कठिन समयमा साथ दिएकोमा आभार व्यक्त गरिन्।

बलिउड गायिका अल्का याज्ञिकले प्रतिष्ठित पद्मभूषण प्राप्त गरेको खुशी र भावुकता सामाजिक सञ्जालमार्फत व्यक्त गरेकी छन्।

उनले इन्स्टाग्राममार्फत प्रतिक्रिया दिँदै अल्काले पछिल्ला दुई वर्ष आफ्नो जीवनका लागि चुनौतीपूर्ण रहेको उल्लेख गरेकी छन्। उनले स्वास्थ्य समस्याका कारण सार्वजनिक कार्यक्रम, मिडिया तथा सामाजिक गतिविधिबाट टाढा रहनुपरेको बताइन्।

‘विगत दुई वर्षदेखि म लाइमलाइट र सार्वजनिक कार्यक्रमहरूबाट टाढा थिएँ। यस अवधिमा म कठिन स्वास्थ्य अवस्थाबाट गुज्रिएँ। तर मेरा प्रशंसकहरूको माया, प्रार्थना, सन्देश र निरन्तर समर्थनले हरेक क्षण साथ दियो,’ उनले लेखेकी छन्।

पद्मभूषण प्राप्त गर्नु आफ्नो जीवनको अत्यन्त गर्विलो र विनम्र क्षण भएको उल्लेख गर्दै उनले भनिन्, ‘यो सम्मान मेरो मात्र होइन, ती लाखौं श्रोताहरूको पनि हो, जसले मेरो आवाजलाई आफ्नो जीवनको हिस्सा बनाए, मेरा गीतलाई पुस्तौँसम्म माया गरे र सुख-दुःखका हरेक क्षणमा साथ दिए।’

मंगलबार राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा द्रौपदी मुर्मुले पद्म पुरस्कार–२०२६ प्रदान गरेकी थिइन्।

करिब दुई वर्षअघि अल्काले आफू सेन्सोरिन्युरल हियरिङ लसबाट प्रभावित भएको जानकारी सार्वजनिक गरेकी थिइन्। यो यस्तो अवस्था हो, जसले श्रवणशक्तिमा कमी ल्याउने गर्छ। स्वास्थ्य समस्याका बाबजुद उनले दर्शक र शुभेच्छुकबाट प्राप्त साथ तथा मायाप्रति आभार व्यक्त गरेकी छन्। -बीबीसीबाट

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…