निष्पक्ष छानबिनको माग राख्दै अभिनेत्री काजल कर्णले दिइन् चलचित्र कलाकार संघमा उजुरी

निष्पक्ष छानबिनको माग राख्दै अभिनेत्री काजल कर्णले दिइन् चलचित्र कलाकार संघमा उजुरी
+
-

फिल्म’चिरञ्जीवि भवः’को टिमको छायांकन सेटमा दुर्व्याहार भएको भन्दै अभिनेत्री काजल कर्णले मंगलबार चलचित्र कलाकार संघमा उजुरी दिएकी छन्।

संघका अध्यक्ष उत्तम केसीले इमेलमार्फत उजुरी प्राप्त भएको बताएका छन्। उजुरीमा कर्णले आफूलाई फिल्मको सेटमा दुर्व्यहार र गरिएको र त्यसमा संलग्न व्यक्ति र प्रोडक्सन टिममाथि छानविन हुनुपर्ने माग गरेकी छन्।

साथै, भविष्यमा कलाकारविरुद्ध यस्तो हर्कत नगरियोस् भन्ने प्रतिबद्धताको माग पनि उनको छ। उनले घटनाको स्वतन्त्र र निश्पक्ष छानविनको माग गरेकी छन्। ‘यो कुरा केवल एउटा फिल्मको सेटमा भएको घटना मात्र होइन— यो मेरो अस्तित्व, मेरो पहिचान र मेरो आत्मसम्मानसँग जोडिएको विषय हो,’उनले सामाजिक सञ्जालमा लेखेकी छन्।

दुवै पक्षको परस्परविरोधी कुरा आएपछि छलफलमा डाकिएको केसीले बताएका छन्। मंगलबार प्रतिनिधिसभाको बैठकमा पनि अभिनेत्री कर्णलाई न्याय दिनुपर्ने माग उठेको छ।

कांग्रेस सांसद निनुकुमारी कर्णले घटनामा संलग्नमाथि छानविनको माग गरेकी छन् । तर, अभिनेत्री कर्णको आरोपमा कुनै सत्यता नरहेको दाबी यसअघि नै फिल्मका निर्देशक दीपक आचार्य काकुले गरेका छन्।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…