‘लुरे बुढा, भुँडे बुढी’को प्रोमो सार्वजनिक, सोमबारबाट प्रसारणमा आउने

‘लुरे बुढा, भुँडे बुढी’को प्रोमो सार्वजनिक, सोमबारबाट प्रसारणमा आउने
+
-
देशसञ्चार AI सारांश
  • प्रोमोमा सुलेमान शंकर ‘इकु’ र स्नेहा कटवाल नयाँ भूमिकामा परम्परागत हाँस्य शैलीमा प्रस्तुत भएका छन्।
  • यो कार्यक्रम साउन ४ गतेदेखि हरेक सोमबार बेलुका साप्ताहिक रुपमा प्रसारण हुने इकुले बताएका छन्।
  • लुरे र भुँडे बुढाले गाउँठाउँको ठट्यौली शैलीमा कसको कहानी पहिला सुनाउने भनी प्रोमोमा मजाक गरेका छन्।

‘लुरे बुढा, भुँडे बुढी’को प्रोमो सार्वजनिक सार्वजनिक भएको छ।

प्रोमोमा कलाकार सुलेमान शंकर ‘इकु’ नयाँ भूमिकामा प्रस्तुत हुँदैछन् भने उनलाई स्नेहा कटवालले साथ दिएकी छिन्।

यो कार्यक्रम यही साउन ४ गते बाट हरेक सोमबार बेलुका ५ बजे साप्ताहिक रुपमा प्रसारण हुने इकुले बताए।

नेपाली डिजिटल मिडिया र मनोरञ्जन क्षेत्रमा विल्कुलै नयाँ र मौलिक स्वाद दिने उद्देश्यका साथ निर्माण गरिएको यो कार्यक्रम सबै नेपालीको मन छुने कथा र हाम्रो समाज सँग जोडिएको फेमीली कमेडी शो भएको इकुले बताए।

उनले भने, ‘यो कार्यक्रमले नेपालका स्थापित सेलिब्रेटी, राजनीतिक तथा सामाजिक व्यक्तित्वहरूलाई अतिथिका रुपमा आमन्त्रण गरी उनीहरूको बाल्यकाल, जीवनमा लुकेका सङ्घर्ष र उतारचढावका कथाहरूलाई विशुद्ध हाँस्य शैलीमा र गाउँको टिपिकल शैलीमा प्रस्तुत हुनेछ।’

कार्यक्रमको प्रोमोमा परम्परागत नेपाली गाउँघरको शैली र ठट्टा पाराले लुरे बुढाले आफ्नो कहानी सुनाउन आउँदैछु भनेका छन् भने भुँडे बुढीले पनि तिम्रो मात्र कहानी सुनाएर हुन्न मेरो पनि कहानी सुनाउनु पर्छ भनी ठट्यौली  शैलीमा प्रस्तुत गरिएको छ।

प्रोमोमा बुढा र बुढीले कसको कहानी पहिला सुनाउने भनि तँछाड मछाड गरेको देखिन्छ।

इकु कलाकारितासँगै विभिन्न समाजसेवा र सङ्गठनमा समेत सक्रिय भूमिकामा छन् । इकु नामबाट कलाकारिता क्षेत्रमा आफ्नै पहिचान बनाउन सफल उनले थुप्रै टेलिसिरियल र फिल्ममा अभिनय गर्दै उनले फिल्म निर्माण र निर्देशन समेत गरिसकेका छन् ।

यस्तै गायन बाट कलाकारिता क्षेत्रमा प्रवेश गरेकी स्नेहा कटवालले हालसम्म सयौं गीत गाइसकेकी छिन् भने थुप्रै टेलिसिरियलमा अभिनय गर्दै आएकी छिन् । पछिल्लो समय उनले चर्चित सिरियल सिता, छुच्ची सासु, गीता र सम्झौता लगायतको सिरियलमा व्यस्त कलाकार हुन् ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…