अ
+
अ
अ
-
काठमाडौँ- नेपाली सुन बजारमा बिहीबार सुनको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ६ हजार २ सय रुपैयाँले बढेर २ लाख ८३ हजार ५ सय रुपैयाँ पुगेको छ।
बुधबार सुन प्रतितोला २ लाख ७७ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो भने एक साताअघि बिहीबार यसको मूल्य २ लाख ७८ हजार ३ सय रुपैयाँ कायम रहेको थियो।
यसैगरी, चाँदीको मूल्य पनि बढेको छ। अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला १८० रुपैयाँले वृद्धि हुँदै चाँदीको मूल्य ४ हजार ४५० रुपैयाँ पुगेको महासंघले जनाएको छ।
भर्खरै
लोकप्रिय
