मिटरब्याज पीडितले जनकपुरधामबाट सुरु गरे तेस्रो ‘पैदल न्याय मार्च’

मिटरब्याज पीडितले जनकपुरधामबाट सुरु गरे तेस्रो ‘पैदल न्याय मार्च’
फाइल तस्बिर
+
-

काठमाडौँ – मिटरब्याजविरुद्धको किसान मजदुर आन्दोलनले जनकपुरधामको तिरहुतिया गाछीबाट तेस्रो ‘पैदल न्याय मार्च’ सुरु गरेको छ। साहु–महाजनको शोषण र फर्जी लिखतका विरुद्ध न्याय खोज्दै पीडितहरूले काठमाडौँसम्मको पैदल यात्रा तय गरेका हुन्।

न्याय मार्चको उद्घाटन गर्दै मिटरब्याजविरुद्ध किसान मजदुर आन्दोलनका केन्द्रीय अध्यक्ष अवधेश कुशवाहले साहु–महाजनहरूले नक्कली कागजातको सहारा लिई अदालती प्रक्रियामार्फत किसानलाई भूमिहीन बनाइरहेको आरोप लगाए।

अध्यक्ष कुशवाहले फर्जी तमसुकमार्फत किसानको जग्गा हडप्ने र उनीहरूलाई आफ्नै भूमिबाट बेदखल गर्ने प्रक्रिया तीव्र पारिएको भन्दै आक्रोश व्यक्त गरे।

कार्यक्रममा बोल्दै अभियन्ता निर्ग नवीनले सरकारले मिटरब्याज पीडितका समस्या समाधान गर्ने वाचा गरे पनि अहिले त्यसबाट पछाडि हटेको आरोप लगाए।

उनले वर्तमान सरकारले पीडितका समस्या समाधानमा कुनै चासो नदेखाएकाले जनकपुरधामबाट पुनः पैदल यात्रा सुरु गरिएको जानकारी दिए। यसपटकको न्याय मार्च काठमाडौँ पुगेर सिंहदरबार घेराउ गर्ने र सरकारलाई आफ्ना पीडा सुनाउने लक्ष्य रहेको नवीनले बताए।

न्याय मार्च सुरु गर्नुअघि पीडितहरूले मशाल जुलुस प्रदर्शन गरेका थिए। साथै, उनीहरूले प्रतीकात्मक रूपमा फर्जी तमसुकहरू जलाएर आन्दोलनको घोषणा गरेका थिए। पीडितहरूले साहु–महाजनको शोषणबाट मुक्ति र फर्जी तमसुक खारेजीको मागलाई मुख्य एजेन्डा बनाएका छन्।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…