‘ट्राफिक नियम मिच्नेको लाइसेन्स खारेज गर्छौं, व्यवहार नसुधार्ने प्रहरीलाई कारबाही हुन्छ’

‘ट्राफिक नियम मिच्नेको लाइसेन्स खारेज गर्छौं, व्यवहार नसुधार्ने प्रहरीलाई कारबाही हुन्छ’
+
-

काठमाडौँ – काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नवराज अधिकारीले सडक अनुशासन उल्लंघन गर्ने र लापरवाहीपूर्ण तरिकाले सवारी चलाउने चालकहरूको सवारी चालक अनुमति पत्र (लाइसेन्स) खारेज गर्ने प्रक्रिया सुरु गरिएको बताएका छन्।

यातायात व्यवसायी र मजदूर संगठनका प्रतिनिधिहरूसँगको अन्तरक्रियामा बोल्दै एसएसपी अधिकारीले पटक–पटक नियम उल्लंघन गर्ने र जरिवाना तिर्नसमेत नआउने चालकहरूलाई अब नछोडिने बताए।

एसएसपी अधिकारीले ट्राफिक प्रहरीको पहिलो मिसन नै व्यवहारमा परिवर्तन ल्याउनु रहेको बताए। उनले प्रहरी पनि समाजकै हिस्सा भएको स्वीकार गर्दै कमी–कमजोरी भए सुधार्दै लैजाने बताए।

उनले राजश्व खातामा गएको रकम ट्राफिक प्रहरीले मिनाहा गर्न नसक्ने भन्दै यसमा स्पष्ट हुन आग्रह गरे। सार्वजनिक यातायातमा १० प्रतिशत खराब आचरण भएका मजदूरका कारण ९० प्रतिशत राम्रा मजदुरहरू बदनाम भइरहेको एसएसपी अधिकारीको भनाइ छ।

यातायात क्षेत्रमा रहेको ‘ठेक्का प्रणाली’ (दिनको निश्चित रकम बुझाउनुपर्ने नियम) का कारण चालकहरूले तीव्र गतिमा गाडी कुदाउने र लुछाचुँडी गर्ने गरेको उनले बताए। यसको सट्टा ई–टिकटिङ र अनलाइन सिस्टममा जान व्यवसायीहरूलाई उनले आग्रह गरे।

बिहानै स्कुल बस र सार्वजनिक सवारीका चालकहरू मादक पदार्थ (मापसे) र लागु पदार्थ (लापसे) सेवन गरेर चलाइरहेको भेटिएको भन्दै ट्राफिक प्रहरी यसमा निकै कठोर हुने उनले बताए।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…