गाडीको आयातमा ‘चलखेल’ गर्ने रसुवागढी भन्सार प्रमुखसहित ९ जना जिम्मेवारीमुक्त

गाडीको आयातमा ‘चलखेल’ गर्ने रसुवागढी भन्सार प्रमुखसहित ९ जना जिम्मेवारीमुक्त
रसुवागढी नाका
+
-
देशसञ्चार AI सारांश
  • अर्थ मन्त्रालयले भन्सार प्रमुख भट्टराईसहित नौ कर्मचारीहरूलाई जिम्मेवारीमुक्त गरी भन्सार विभागमा तानेको छ।
  • कर छलीको आशंकामा ७ सय ७९ बीवाइडी गाडीहरूको विस्तृत छानबिनलाई सरकारले समिति गठन गरेर अगाडि बढाएको छ।
  • अर्थमन्त्री वाग्लेले दोषी देखिएका व्यक्तिहरूमाथि कारबाही गर्न प्रतिबद्ध रहेको बताएका छन्।

काठमाडौँ- कर छलीको आशंकामा छानबिनका लागि सशस्त्र प्रहरीले विभिन्न स्थानबाट नियन्त्रणमा लिएका बीवाइडी विद्युतीय सवारी साधनहरूमाथि अनुसन्धान जारी रहेकै बेला अर्थ मन्त्रालयले रसुवागढीका भन्सार प्रमुख तुलसीप्रसाद भट्टराईसहित नौ कर्मचारीहरूलाई जिम्मेवारीमुक्त गरेको छ।

भन्सार यार्डमा सवारी साधन नआईकन चीनतर्फ नै गएर गाडीको जाँचपास गराएको सूचनापछि भन्सार प्रमुख भट्टराईसहित नौ जना कर्मचारीलाई जिम्मेवारीमुक्त गरेर भन्सार विभाग तानिएको हो।

‘यस प्रकरणमा भन्सारप्रमुखसहित नौ जनालाई जिम्मेवारीमुक्त गरेर भन्सार विभाग तानिएको छ,’ अर्थमन्त्रालयका जनसम्पर्क सल्लाहकार नवीन ढुंगानाले जानकारी दिए।

ढुंगानाले यस प्रकरणमा अर्थमन्त्रालय, भन्सार विभाग, नेपाल प्रहरी र सशस्त्र प्रहरी सम्मिलित अनुसन्धान टोलीले छानबिन गरिरहेको र दोषी देखिएकामाथि कारबाही गर्न अर्थमन्त्री डा. स्वर्णिम वाग्ले प्रतिबद्ध रहेको पनि बताएका छन्।

‘यस सम्बन्धमा अर्थमन्त्री डा. वाग्ले, भन्सार विभागका महानिर्देशक र मन्त्रालयका अधिकारीहरूबीच गम्भीर छलफल भएको छ, गहन अनुसन्धान गरेर दोषी देखिएकालाई कारबाही गर्न अर्थमन्त्री प्रतिबद्ध हुनुहुन्छ,’ ढुंगानाले भने।

सशस्त्र प्रहरी बलले राजस्व छलीको आशंकामा विभिन्न स्थानबाट नियन्त्रणमा लिएका ७ सय ७९ वटा बिवाइडी गाडीका सम्बन्धमा विस्तृत छानबिन गर्न सरकारले एक समिति बनाएको छ।

प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले छानबिन समितिले सवारीसाधन नियन्त्रणमा लिइएकै स्थलगत रूपमै पुगेर द्रुत गतिमा छानबिन सुरु गरिसकेको जानकारी दिइन्।

दाहालले भनिन्- ‘सवारीसाधनको संख्या ठूलो भएकाले राजस्व र भन्सार सम्बद्ध सबै कानुनी कागजातहरूको सुक्ष्म अध्ययन र प्रमाणीकरण गर्न केही समय लाग्न सक्छ।’

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…