- भेनेजुएलामा दुई शक्तिशाली भूकम्पले ठूलो विनाश गरिदियपछि २ सय भन्दा बढीको ज्यान गएको छ।
- भवनहरू ध्वस्त हुनुको साथै, बासिन्दाहरू अनिश्चितताको डरले बाहिर सडकमा निस्कन वाध्य भएका छन्।
- अन्तर्राष्ट्रिय सहयोग र उद्धार प्रयासहरूको लागि विभिन्न देशहरुले आफ्नो योगदानको घोषणा गरिसकेका छन्।
भेनेजुएलामा बिहीबार केही मिनेटको अन्तरालमै दुईवटा शक्तिशाली भूकम्प गएपछि राजधानी काराकास र आसपासका सहरहरूमा व्यापक विनाश भएको छ। अहिले सम्म २ सय भन्दा बढीको ज्यान गइसकेको छ भने भग्नाबषेसबाट उद्दार कार्य जारी राखिएको छ।
तीव्र कम्पनका कारण अग्ला भवनहरू भत्किए, घरहरू ध्वस्त भए र अर्को ठूलो भूकम्प आउने डरले त्रसित बासिन्दाहरू सडकमा निस्किए।
यी दुई भूकम्पमध्ये दोस्रो भूकम्पले पहिलोभन्दा करिब तीन गुणा बढी ऊर्जा उत्सर्जन गरेको थियो र यो दक्षिण अमेरिकामा पछिल्लो एक शताब्दीभन्दा बढी समययताकै सबैभन्दा शक्तिशाली भूकम्पमध्ये एक मानिएको छ।
पूर्ण रूपमा ध्वस्त भएका भवनहरूका तस्बिरहरू निरन्तर सार्वजनिक भइरहेका छन् भने आगामी दिनहरूमा मृतकको संख्या उल्लेखनीय रूपमा बढ्ने आशंका गरिएको छ। क्षतिको मात्रा अत्यन्त ठूलो भएकाले धेरै मानिसहरूको जीवन छिट्टै सामान्य अवस्थामा फर्किन सक्ने अवस्था देखिएको छैन।
उद्धार तथा राहत कार्यका लागि फ्रान्स, जर्मनी, नेदरल्यान्ड्स, स्पेन र स्विट्जरल्यान्डले उद्धारकर्मी पठाउने प्रतिबद्धता जनाइसकेका छन् र अन्तर्राष्ट्रिय सहयोग परिचालन हुन थालेको छ।
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले अमेरिकी राहत तथा सहयोग प्रयास ठूलो, छिटो र प्रभावकारी हुने बताएका छन्। यसैबीच चीन र भारतले पनि भेनेजुएलालाई आवश्यक सहयोग उपलब्ध गराउन आफूहरू तयार रहेको घोषणा गरेका छन्।

भर्खरै
लोकप्रिय
