आगामी वर्ष अधिक तरलता कायमै रहने राष्ट्र बैंकको आँकलन (पूर्णपाठ सहित)

आगामी वर्ष अधिक तरलता कायमै रहने राष्ट्र बैंकको आँकलन (पूर्णपाठ सहित)
+
-
देशसञ्चार AI सारांश
  • नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८३/८४ मा पनि अधिक तरलताको अवस्था कायमै रहने जनाएको छ।
  • आर्थिक गतिविधि विस्तारले तरलता खपत हुन सक्ने भए पनि विदेशी आय, पर्यटन, र सार्वजनिक खर्चले तरलता चुनौती कायम रहनेछ।
  • सरकारको आर्थिक वृद्धि लक्ष्य पूरा गर्न नीतिगत सुधार, पुँजीगत खर्चको क्षमता वृद्धि जस्ता शर्त आवश्यक छन्।

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८३/८४ मा पनि अधिक तरलताको अवस्था कायमै रहने जनाएको छ।

मंगलबार मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्रबैंकले तरलताको अवस्थामा खासै परिवर्तन नआउने जनाएको हो।

केही वर्षदेखि नेपालमा अधिक तरलताको अवस्थामा छ। लगानीको विश्वसनीय वातावरण नबन्दा दिनदिनै बैंकहरुमा रकम थुप्रने समस्या छ। राष्ट्र बैंकले समग्र आर्थिक गतिविधि विस्तार हुँदा तरलता खपत हुँदै जाने दाबी गरे पनि विप्रेषण आप्रवाह, पर्यटन क्षेत्रको आय सार्वजनिक खर्चका कारण तरलताको समस्या यथावत रहने जनाएको छ।

सार्वजनिक गरिएको मौद्रिक नीतिमा उल्लेख गरिएको छ, ‘मौद्रिक क्षेत्रमा विद्यमान तरलता र ब्याजदरको अवस्थाले अर्थतन्त्र विस्तारमा सघाउ पुग्ने देखिन्छ । वित्त नीतिले सार्वजनिक खर्च विस्तार, आयकर कटौती एवम् आर्थिक सुधारका कार्यक्रम प्रस्ताव गरेकाले यसबाट समष्टिगत माग वृद्धि हुन गई समग्र आर्थिक गतिविधि विस्तार हुँदा तरलता खपत हुँदै जाने अनुमान गरिएको छ । यद्यपि, विप्रेषण आप्रवाह, पर्यटन आय, सार्वजनिक खर्च आदिबाट थप तरलता प्रवाह हुँदा तरलता व्यवस्थापनमा देखिएको चुनौती कायमै रहने आँकलन छ ।’

मौद्रिक नीतिमा बजेटले निर्धारण गरेको ७ प्रतिशतको आर्थिक वृद्धिदर हासिल हुने तर त्यसका लागि नीति क्षेत्रको लगानीको वातावरणमा सुधार, पुँजीगत खर्च गर्न सक्ने क्षमताको वृद्धि जस्ता शर्त अघि राखेको छ।

‘आर्थिक वर्ष २०८३/८४ मा नेपाल सरकारले ७ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य लिएको छ, नीतिमा अगाडि लेखिएको छ, ‘विगतका प्रवृत्ति हेर्दा यथास्थितिमा आर्थिक वृद्धिको लक्ष्य देखिएता पनि नेपाल सरकारले सुरु गरेका आर्थिक सुधारका कार्यक्रमहरुको प्रभाव नीति क्षेत्रमा लगानीको वातावरण सुधार, सरकारको पुँजीगत खर्च गर्ने क्षमता अभिवृद्धि र बाह्य आर्थिक अवस्थामा अनुकुल भएमा अनुमान गरिएको आर्थिक वृद्धिदर हासिल हुन सक्नेछ।’

राष्ट्र बैंकले गत वैशाख निक्षेप संकलनबाट सात खर्ब १६ अर्ब ७० करोड, स्थायी निक्षेप सुविधाबाट एक खर्ब ११ अर्ब ९० करोड, र ऋणपत्रमार्फत दुई खर्ब तरलता बजारबाट खिचेको छ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…