अ
+
अ
अ
-
काठमाडौँ – मेधश प्रदेशका पूर्व प्रमुख राजेश अहिराज बालिका करणी मुद्दामा दोषी ठहर भएका छन्।
मंगलबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले दोषी ठहर गरेको हो। उनलाई सजाय निर्धारणका लागि अर्को पेशी तोकिने जिल्ला अदालत प्रशासनले जानकारी दियो।
उनले महिलाले २०८१ जेठ ४ गते आफ्नै डेरामा गएर करणी गरेको आरोपमा परेको मुद्दामा जिल्ला अदालत काठमाडौँले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।
न्यायाधीश पिताम्बर शर्माको इजलासले गत वर्ष साउन १४ गते थुनामा पठाउने आदेश गरेको थियो ।
उक्त आदेशलाई उच्च अदालत पाटन र सर्वोच्चले सदर गर्दा अहिराज पुर्पक्षका लागि थुनामै रहेका छन्।
भर्खरै
लोकप्रिय
