प्रहरी महानिरीक्षकद्वय कार्की र पौडेल स्वदेश फिर्ता

प्रहरी महानिरीक्षकद्वय कार्की र पौडेल स्वदेश फिर्ता
+
-

काठमाडौँ – नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक नारायणदत्त पौडेल पाँचौँ संयुक्त राष्ट्रसङ्घीय प्रहरी प्रमुखको शिखर सम्मेलनमा भाग लिई आज स्वदेश फर्किएका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनीहरूलाई दुवै सुरक्षा सङ्गठनका प्रहरी अतिरिक्त महानिरीक्षक र नायब महानिरीक्षकलगायत वरिष्ठ प्रहरी अधिकृतले स्वागत गरे।

संयुक्त राष्ट्रसङ्घको प्रधान कार्यालय न्युयोर्कमा यही असार २३ देखि २४ गतेसम्म उक्त सम्मेलन भएको थियो। सम्मेलनमा संयुक्त राष्ट्रसङ्घ र प्रहरी सङ्गठनबीचको सम्बन्ध, नयाँ प्रविधिको उपयोग, अन्तरराष्ट्रिय सहयोग, सङ्गठनमा लैङ्गिक उत्तरदायित्व, भाषा र प्रशिक्षण तथा उच्चस्तरीय सञ्जाल निर्माणलगायत विषयमा छलफल भएको जनाइएको छ।

सम्मेलनका क्रममा न्युर्याेक रहँदा महानिरीक्षकद्वय कार्की र पौडेलले संयुक्त राष्ट्रसङ्घ तथा विभिन्न राष्ट्रका उच्चपदस्थ अधिकारीसँग द्विपक्षीय भेटवार्ता गरेका थिए। उक्त सम्मेलनमा भाग लिन उहाँहरू यही असार २१ गते त्यसतर्फ गएका थिए।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…