लुलाङमा १० दिनदेखि विद्युत् सेवा अवरुद्ध

लुलाङमा १० दिनदेखि विद्युत् सेवा अवरुद्ध
+
-
देशसञ्चार AI सारांश
  • धौलागिरि गाउँपालिका–२ लुलाङमा १० दिनदेखि विद्युत्गृहमा चट्याङले क्षति पुगेका कारण विद्युत् सेवा अवरुद्ध छ।
  • चट्याङले क्षति गरेको विद्युतगृहको एलसी प्लेट मर्मतका लागि बुटवल पठाइएको छ, जसले ४०० घर प्रभावित भएका छन्।
  • विद्युत् अभावले स्थानीय बासिन्दाको दैनिक जीवन प्रभावित भएको छ, विशेष गरी पठनपाठन र सञ्चार सेवामा समस्या छ।

म्याग्दीको धौलागिरि गाउँपालिका–२ लुलाङमा १० दिनदेखि विद्युत् सेवा अवरुद्ध बनेको छ । दरखोला दोस्रो लघुजलविद्युत् परियोजनाको विद्युत्गृहका उपकरणमा चट्याङले क्षति पु¥याएपछि यस परियोजनाबाट विद्युत् सेवा उपभोग गरिरहेका करिब ४०० घर विद्युत् सुविधाबाट वञ्चित भएका छन् ।

चट्याङले विद्युत्गृहको एलसी प्लेट जलेको र उपकरण मर्मतका लागि बुटवल पठाइएको परियोजनाका अपरेटर हर्कबहादुर पुर्जाले जानकारी दिए । उनका अनुसार यस परियोजनाबाट लुलाङ, लमसुङ, खोरीया, मरेनी टोलका बासिन्दाले विद्युत् सुविधा उपभोग गर्दैै आएका थिए ।

पचास किलोवाट क्षमताको दरखोला दोस्रो लघुजलविद्युत् परियोजनामा प्राकृतिक प्रकोप र चट्याङको कारण स्थानीयले हरेक वर्ष सास्ती बेहोर्दै आएका छन् । विद्युत् अभावमा रातको समयमा सिङ्गो वडा अन्धकार बनेको छ भने विद्यार्थीलाई पठनपाठन, घरेलु उद्योग सञ्चालन र वडा कार्यालयको सेवा प्रवाहमा समेत समस्या भएको छ ।

मोबाइललगायतका विद्युतीय सामग्रीको चार्ज गर्ने प्रबन्ध नहुँदा यहाँ सञ्चार सेवा प्रभावित बनेको छ । गत जेठ महिनामा लुलाङमा केन्द्रीय प्रसारण लाइनको विद्युत् सुविधा पुगेको भए पनि स्थानीयवासीको घरमा मिटरबक्स जडान र वायरिङ नहुँदा अहिलेसम्म केन्द्रीय विद्युतीकरण प्रयोगमा आएको छैन ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…