अ
+
अ
अ
-
नेपालगन्ज – यातायात कार्यालय, नेपालगन्जबाट बिचाैलियाकाे आराेपमा ९ जनालाई नियन्त्रणमा लिइएकाे छ।
बाँके प्रहरी प्रवक्ता डीएसपी दिपक पातलीले ९ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेकाे बताए। ‘हामीले ९ जनालाई नियन्त्रणमा लिएका छाैँ। काे-कस्ता हुन्, अनुसन्धान भइरहेकाे छ,’ प्रवक्ता पातलीले भने, ‘अनुसन्धान पछि दाेषअनुरुप कारबाही हुन्छ।’
प्रहरीले दीपा रोकाय, चन्द्रकला बुढाथोकी, अर्चना पौडेल, नर्मदा बर्मा, संगीता जिसी, नसिम खान, जीवन सत्यल, शुभय सोनी र रविन थापा मगरलाई नियन्त्रणमा लिएकाे छ।
बिचाैलियाले यातायात कार्यालयमा सहजै काम गराइदिने भन्दै सेवाग्राहीसँग रकम लिने गरेकाे पाइन्छ। याे कार्यालयमा बिचाैलियाबिना काम नै नहुने जनगुनासाे रहेकाे छ।
भर्खरै
लोकप्रिय
