डिजिटल भुक्तानीपछि विद्युत कार्यालयका काउन्टर सुनसान, नगद सेवा पूर्ण रूपमा बन्द

डिजिटल भुक्तानीपछि विद्युत कार्यालयका काउन्टर सुनसान, नगद सेवा पूर्ण रूपमा बन्द
+
-
देशसञ्चार AI सारांश
  • डिजिटल भुक्तानी प्रणाली विस्तार भएसँगै उपभोक्ताले घरमै बसेर आरामले महसुल तिर्न सक्ने सुविधा पाएका छन् ।
  • नयाँ आर्थिक वर्षदेखि नेपाल विद्युत प्राधिकरणले नगद काउन्टर पूर्ण रूपमा बन्द गर्दै डिजिटल भुक्तानीलाई प्राथमिकतामा राखेको छ ।
  • डिजिटल साक्षरता अभिवृद्धि गर्न सके ग्रामीण क्षेत्रका ज्येष्ठ नागरिकले पनि डिजिटल माध्यमबाट सेवा उपयोग गर्न सजिलो हुने बताइएको छ ।

दाङ- विद्युतको महसुल बुझाउन घण्टौं लाइनमा बस्नुपर्ने, सामान्य रकम तिर्न पनि दिनभर समय खर्चिनुपर्ने र यातायात तथा खाजा खर्च व्यहोर्नुपर्ने बाध्यता हटेको छ ।

डिजिटल भुक्तानी प्रणाली विस्तार भएसँगै उपभोक्ताले घरमै बसेर विद्युत महसुल तिर्न थालेपछि नेपाल विद्युत प्राधिकरणका नगद काउन्टर सुनसान बनेका छन् ।

पहिला महसुल बुझाउन विद्युत कार्यालय धाउनुपर्ने बाध्यता रहेको भए पनि अहिले मोबाइल बैंकिङ, क्यूआर कोड, वालेट र बैंकमार्फत सहज रूपमा भुक्तानी गर्न सकिने व्यवस्था भएपछि सेवाग्राहीलाई ठूलो राहत पुगेको छ ।

लमहीका उपभोक्ता मधु शर्माले डिजिटल भुक्तानीले सेवा प्रवाहलाई सहज र प्रभावकारी बनाएको बताए । ‘पहिला त दिनभरको समय छुट्याउनुपर्थ्यो ।

अहिले घरमै बसेर केही मिनेटमै भुक्तानी हुन्छ’ उनले भने, ‘न लाइन बस्ने झन्झट छ, न अनावश्यक खर्च ।’

यद्यपि ग्रामीण क्षेत्रका ज्येष्ठ नागरिक तथा डिजिटल प्रविधिसँग कम परिचित उपभोक्तालाई अनलाइन भुक्तानीबारे थप जानकारी र सीप आवश्यक रहेको सरोकारवालाको भनाइ छ । डिजिटल साक्षरता अभिवृद्धि गर्न सके सबै उपभोक्ताले यसको सहज लाभ लिन सक्ने उनीहरूको सुझाव छ ।

नेपाल विद्युत प्राधिकरण लमही वितरण केन्द्रले नयाँ आर्थिक वर्षदेखि नगदमार्फत महसुल संकलन पूर्ण रूपमा बन्द गरेको छ । वितरण केन्द्र प्रमुख ज्ञानबहादुर फर्सालका अनुसार लमही र भालुबाङमा सञ्चालन हुँदै आएका सबै क्यास काउन्टर बन्द गरिएका छन् ।

‘साउन १ गतेदेखि लमहीका काउन्टर बन्द भएका हुन् । भालुबाङमा भने जेठ १ गतेदेखि नै नगद सेवा बन्द गरिएको थियो’उनले भने,‘अब सबै उपभोक्ताले डिजिटल माध्यमबाट मात्रै महसुल भुक्तानी गर्नुपर्ने व्यवस्था लागू भएको छ ।’

उनका अनुसार देउखुरी क्षेत्रका राप्ती, गढवा, राजपुर र लमही गरी चार स्थानीय तहका ४५ हजार ४ सय ९० उपभोक्ताले लमही वितरण केन्द्रबाट विद्युत सेवा लिइरहेका छन् । यहाँबाट मासिक करिब ६ करोड रुपैयाँ विद्युत महसुल संकलन हुँदै आएको छ ।

नेपाल विद्युत प्राधिकरणले २०७४ सालदेखि अनलाइन भुक्तानी सेवा सुरु गरेको थियो । पछिल्लो समय डिजिटल कारोबारलाई थप प्रोत्साहन गर्दै गत मंसिर महिनादेखि नगदरहित (क्यासलेस) प्रणालीलाई प्राथमिकतामा राखिएको थियो ।

त्यसकै निरन्तरतास्वरूप नयाँ आर्थिक वर्षदेखि नगद काउन्टर पूर्ण रूपमा हटाइएको हो । प्राधिकरणका अनुसार डिजिटल भुक्तानी प्रणाली लागू भएपछि कार्यालयमा सेवाग्राहीको भीड घटेको छ ।

कर्मचारीलाई पनि अन्य प्राविधिक तथा ग्राहक सेवा सम्बन्धी काममा बढी समय दिन सहज भएको छ । नगद व्यवस्थापनको झन्झट हट्नुका साथै पारदर्शिता, सुरक्षा र सेवा प्रवाहको गति पनि बढेको प्राधिकरणको दाबी छ ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…