जेनजी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन

जेनजी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन
+
-
देशसञ्चार AI सारांश
  • राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनमा गोली कसले चलायो भन्ने यकिन गर्न नसकेको जनाएको छ।
  • फरेन्सिक रिपोर्टले अधिकांश गोली छाती र पेटभन्दा माथिल्लो भागमा लागेको देखाए पनि सटस्थल अज्ञात छ।
  • आयोगको प्रतिवेदनले सुरक्षाबलबाट घुँडामुनि गोली चलाउनुपर्ने सिद्धान्त पालना नगरेकोमा गम्भीर त्रुटी भएको निष्कर्ष निकालेको छ।

काठमाडौँ- राष्ट्रिय मानव अधिकार आयोगले गत वर्षको भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा गोली कसले चलायो भन्नेकुरा यकिन गर्न नसकिएको बताएको छ ।

नेपाली कांग्रेसको पार्टी केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै आयोगद्वारा गठित ‘भदौ २३ र २४ गतेको आन्दोलन जाँचबुझ समिति’की संयोजक एवं आयोग सदस्य डा. लिली थापाले गोली कसले हानेको हो, कुन गोली कहाँबाट आएको हो ? भन्ने यकिन गर्न नसकिएको स्पष्ट पारेकी हुन् ।

आन्दोलनका क्रममा अत्याधिक बल प्रयोग भएको उनले स्पष्ट पारिन् । आयोगले ब्यालेस्टिक र फरेन्सिक रिपोर्टका आधारमा कति मिलिमिटरको गोली प्रयोग भएको थियो भन्ने प्राविधिक तथ्य फेला पारे पनि गोली चलाउने व्यक्तिको पहिचान गर्न भने चुनौती देखिएको जनाएको छ ।

अनुसन्धानका क्रममा प्राप्त फरेन्सिक रिपोर्टलाई आयोगले आफ्नै विशेषज्ञ डा. हरिहर वस्तीमार्फत विश्लेषण गराएको थियो । उनकाअनुसार प्रदर्शनकारीलाई लागेका अधिकांश गोली छाती र पेटभन्दा माथिल्लो भागमा रहेको पाइएको छ ।

उनले भने, ‘चुनौती फरेन्सिक रिपोर्टसँग सम्बन्धित थियो । फरेन्सिक रिपोर्ट आएपछि हामीले आफ्नै विज्ञ पनि राख्यौँ । हाम्रो आफ्नै फरेन्सिक विशेषज्ञले त्यसको विश्लेषण गरेर रिपोर्ट तयार गर्नुभयो । डाक्टर हरिहर वस्तीले दिनुभएको रिपोर्टमा अधिकांश गोली छाती र पेटमाथि लागेको उल्लेख छ । तर ती गोली कसले हानेको हो, कुन गोली कहाँबाट आएको हो, एसटीएफबाट आएको हो कि बाहिरबाट आएको हो भन्नेकुरा भने हामीले यकिन गर्न सकेका छैनौँ । त्यो नै एउटा कठिन चुनौती थियो । गोली कसरी आयो भन्ने विषयमा हामीले यति मात्र भन्नसक्छौँ कि अत्यधिक बल प्रयोग भएको छ । हाम्रो अनुसन्धान दुई आधारमा गरिएको थियो । पहिलो, आयोगको म्यान्डेटलाई आधार बनाएर अनुसन्धान गरियो । दोस्रो, २३ गतेको घटनामात्र नभई त्यसपछिका घटनाहरू पनि अध्ययन गरियो । हामीले २५ गतेसम्मका घटनाहरू हेरेका छौँ । २४ र २५ गते धादिङ, बाँके तथा नौबस्तास्थित जेल र बाल सुधार गृहबाट भाग्ने क्रममा लागेका गोलीका घटनाहरू पनि अध्ययन गरी प्रतिवेदनमा समेटिएका छन् । हामीसँग ब्यालेस्टिक रिपोर्ट, फरेन्सिक रिपोर्ट तथा अन्य सम्बन्धित प्रतिवेदनहरू छन् । ती प्रतिवेदनहरूमा कति मिलिमिटरको गोली प्रयोग भएको थियो भन्ने विवरणसमेत उपलब्ध छ । तर कसले गोली हानेको हो भन्ने कुरा भने स्पष्ट हुन सकेको छैन । यद्यपि गोली भित्रबाट हानिएको थियो भन्ने निष्कर्षसम्म भने पुगेका छौँ । एसटीएफ त्यहाँ अग्रपङ्क्तिमा तैनाथ थियो । उनीहरू संसद भवनतर्फको क्षेत्रमा रहेका थिए । तर त्यहाँबाट कसले गोली चलायो भन्ने कुरा स्पष्ट छैन । हाम्रो प्रतिवेदनमा एउटा कुरा भने स्पष्ट रूपमा उल्लेख छ,जथाभावी गोली चलाइएको थियो । कुनै विशेष परिस्थितिमा बल प्रयोग गर्नुपर्ने अवस्था आए पनि घुँडामुनि गोली चलाउनुपर्ने भन्ने सिद्धान्त पालना गरिएको देखिँदैन । यो कुरा प्रतिवेदनमा उल्लेख गरिएको छ र तपाईंहरूले पनि त्यो पढिसक्नुभएको छ ।’

विशेष कार्यदल (एसटीएफ) अग्रपङ्क्तिमा तैनाथ रहेको र संसद भवन क्षेत्रबाट गोली चलेको देखिए पनि कुन गोली कसले चलाएको हो भन्ने विषयमा यकिन हुन नसकेको प्रतिवेदनमा उनको भनाइ छ ।

यद्यपि, गोली प्रदर्शनकारीको घेराभित्रैबाट चलेको निष्कर्षमा आयोग पुगेको छ । प्रतिवेदनले सुरक्षा निकायबाट गम्भीर त्रुटी भएको औंल्याएको छ । कुनैपनि विशेष परिस्थितिमा बल प्रयोग गर्नुपर्दा घुँडामुनि गोली चलाउनुपर्ने सुरक्षा संयन्त्रको विश्वव्यापी मान्यता र प्रचलित कानुनको सिद्धान्त पालना नगरिएको आयोगको ठहर छ ।

 

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…