माेरङ – साहित्यिक क्षेत्रले सम्पूर्ण कुरालाई मार्गदर्शन गर्ने प्राज्ञ एवं स्रष्टा गंगा सुवेदीले बताएकी छिन्। विराटनगरमा शनिबार आयोजित प्रतियोगितात्मक कवि गोष्ठी एवं स्रष्टा सम्मान कार्यक्रममा प्राज्ञ सुवेदीले साहित्य क्षेत्रले सबै विषयमाथि आवाज उठाउन सक्ने क्षमता भएको बताइन्।
कार्यक्रमको प्रमुख अतिथि सुवेदीले नयाँ पुस्ताले साहित्य क्षेत्रमा अघि आउनुपर्नेमा जोड दिइन्। साहित्यको उठान कविताबाट हुने बताउँदै प्राज्ञ सुवेदीले कविताबाटै हरेक तह र तप्काको आवाज उजागर गर्दै सबैलाई सुसूचित गराउन सक्ने बताइन्।
राष्ट्रसेवक तथा बचत ऋण सहकारी संस्था लिमिटेडद्वारा आयोजित कार्यक्रममा साहित्यको क्षेत्रमा योगदान पुर्याउँदै आएका साहित्यकार बद्रीविशाल पोखरेल, बसुन्धरा झा, टंक न्यौपानेलाई प्राज्ञ सुवेदीले सम्मान गरेकी थिइन्।
प्रतियोगितात्मक कवि गोष्ठीमा जाजरकोटका साहित्यकार सदाशय गौतम पहिलो भएका थिए। त्यसैगरि, विराटनगरकी साहित्यकार नानुमैया दाहाल दोस्रो स्थानमा कायम रहँदा काठमाडौका साहित्यकार शुशिल पौडेल तेस्रो भए।
विजयी प्रतियोगीहरुलाई नगदसहित सम्मान गरिएको आयोजक संस्थका अध्यक्ष जीवन काफ्ले जानकारी दिए। प्रतियोगितामा विभिन्न जिल्लाबाट २३ जना साहित्यकारहरुले सहभागिता जनाएका थिए।
भर्खरै
लोकप्रिय
