मोरङ रास्वपा सभापतिमा कँडेल विजयी

मोरङ रास्वपा सभापतिमा कँडेल विजयी
+
-
देशसञ्चार AI सारांश
  • मोरङ उर्लाबारीका भरत कँडेल २८३ मतसहित राष्ट्रिय स्वतन्त्र पार्टी मोरङको सभापतिमा निर्वाचित भएका छन्।
  • सचिवमा दिवस नेपालले १३० मतका साथ इन्जिनियर सुरेश श्रेष्ठलाई ६ मतले पराजित गरे।
  • सहसचिव सिर्जना गिरी आचार्यले ३२३ मतसहित सन्तोष सिंहलाई १७७ मतान्तरले पराजित गरिन्।

मोरङ – राष्ट्रिय स्वतन्त्र पार्टी मोरङ (रास्वपा) को सभापतिमा भरत कँडेल विजयी भएका छन्। शनिबार राति भएको विराटनगरको एक होटलमा भएको मतपरिणाममा मोरङ उर्लाबारीका कँडेल २ सय ८३ मतसहित सभापतिमा निर्वाचित भएका हुन्।

उनले निकटतम प्रतिस्पर्धी कोषराज खनाल र सागर फुयाँललाई पराजित गरेका थिए। खनालले १ सय ३४ मत हासिल गरिरहँदा फुयाँलले ५६ मत पाएका थिए।

उपाध्यक्षमा भने विराटनगरकी विमला बस्नेत निर्विरोध भइन्। त्यसैगरी, जिल्लाको सचिवमा विराटनगर ८ का दिवस नेपाल विजयी भएका छन्।
सचिवका लागि भएको प्रतिस्पर्धात्मक दौडमा नेपालले १ सय ३० मत हासिल गरेका थिए। विजयी भएका नेपालसंग इन्जिनियर सुरेश श्रेष्ठ ६ मतको अन्तरले पराजित भए।

चार जनाबीच सचिवका लागि भएको प्रतिस्पर्धामा इन्जिनियर श्रेष्ठले १ सय २४ मत पाएका थिए। त्यसैगरी, अर्का प्रतिस्पर्धी बुद्धिनाथ अधिकारी १ सय १९ र कुमार खुलालले १ सय ३ मत पाएका थिए।

विजयी भएका नेपाल यसअघि कांग्रेस महानगर कमिटी उपसचिव थिए। त्यसैगरी, सहसचिवमा सिर्जना गिरी आचार्य विजयी भइन्। गिरीले प्रतिस्पर्धी सन्तोष सिंहलाई १ सय ७७ मतान्तरले पराजित गरिन्। गिरीले ३ सय २३ मत प्राप्तगरिरहँदा सिंह १ सय ४६ मतमा सीमित भए।

त्यसैगरी, जिल्लाको ४ वटा सदस्यका लागि ६ जनाबीच प्रतिस्पर्धा भएको थियो। जसमा भावना बस्नेत, ओमप्रकाश श्रेष्ठ, युवराज ओझा र लक्ष्मी श्रेष्ठ विजयी भए। उनीहरूसँग स्पर्धामा रहेका प्रमेश्वर साह र युवराज कार्की पराजित भए।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…