काठमाडौँ महानगरपालिकाको १९ औँ अधिवेशन यही जेठ ३१ गते हुने

काठमाडौँ महानगरपालिकाको १९ औँ अधिवेशन यही जेठ ३१ गते हुने
+
-

काठमाडौँ- काठमाडौँ महानगरपालिकाको १९ औँ अधिवेशन यही जेठ ३१ गते हुने भएको छ । मंगलबार बसेको काठमाडौँ महानगरपालिका ५० औँ नगर कार्यपालिका बैठकले उक्त अधिवेशनको मिति तय गरेको हो ।

जेठको ३१ गते आइतबार बिहान ११ बजे राष्ट्रिय सभा गृहमा काठमाडौँ महानगरपालिकाको नगर सभाको १९ औँ अधिवेशनको पहिलो बैठक बस्ने गरी अधिवेशन गर्ने प्रश्ताव उक्त बैठकले पारित गरेका महानगरपालिकाका कार्यबाहक प्रमुख सुनिता डंगोलले बताए ।

उनले भने,‘काठमाडौँ महानगरपालिका नगरसभाको १९ औँ अधिवेशन आह्वान गर्ने सम्बन्धमा आगामी जेठको ३१ गते आइतबार बिहान ११ बजे राष्ट्रिय सभा गृहमा काठमाडौँ महानगरपालिकाकमो नगर सभाको १९ औँ अधिवेशनको पहिलो बैठक बस्नेगरी अधिवेशन गर्ने प्रश्ताव निर्णयार्थ प्रश्तुत गर्दछु ।’

त्यसैगरी बैठकले नेपाल भाषाको स्थानीय पाठयक्रम, बाल विकास तथा पूर्वप्राथमिक तहको पाठयक्रम पनि स्वीकृत गरेको छ काठमाडौँ महानगरपालिका भित्रका विद्यालयहरुको कक्षा ८ सम्म नेपाल भाषाको पठनपाठन हुन्छ ।

पूर्वप्राथमिक तहमा पनि त्यसलाई लागू गर्नेगरी उक्त पाठ्यक्रम स्वीकृत गरिएको काठमाडौँ महानगरपालिकाले जनाएको छ ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…