सी-जिनपिङको उत्तर कोरिया भ्रमणका क्रममा किम जोङसँग के भयो सम्झौता?

सी-जिनपिङको उत्तर कोरिया भ्रमणका क्रममा किम जोङसँग के भयो सम्झौता?
+
-
देशसञ्चार AI सारांश
  • चिनियाँ राष्ट्रपति सी-जिनपिङले उत्तर कोरियाको दुई दिने भ्रमण पूरा गरी सर्वोच्च नेता किम जोङ उनसँग सहकार्यका सम्झौता गरेका छन्।
  • बेइजिङले उत्तर कोरियामाथिको प्रभाव पुनःमजबुत बनाउन यो भ्रमणलाई विशेष अर्थपूर्ण मानेको छ भने चीनले यो सम्बन्ध मञ्जबुत बनाउने प्रयास भनेको छ।
  • सीले अमेरिकी राष्ट्रपति ट्रम्प र रुसी राष्ट्रपति पुटिनसँगको भेटपछि उच्चस्तरीय सहकार्य र जनस्तरको सम्बन्धलाई आण गहिरो बनाउने सहमति भयो।

चिनियाँ राष्ट्रपति सी-जिनपिङ उत्तर कोरियाको दुई दिने भ्रमण पूरा गरेका छन्। सन् २०१९ पछि पहिलो पटक आधिकारिक उत्तर कोरिया भ्रमणमा सी र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनबीच महत्त्वपूर्ण वार्ता र सम्झौता भएका छन्।

सोमबार बिहान प्योङयाङ पुग्दा उनको सम्मानमा सडकभरि स्वागतका लागि उभिएका उत्साहित नागरिक र सुरक्षा गार्डहरूले भव्य स्वागत गरेका थिए।

त्यसपछि सी र उत्तर कोरियाली नेता किमबीच शिखर वार्ता भएको थियो, जहाँ दुवै नेताले आपसी सहकार्य थप विस्तार गर्ने प्रतिबद्धता जनाए। सीको यो भ्रमण उनले हालै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको बेइजिङमा भएको छुट्टाछुट्टै भेटवार्ता पछि भएको हो।

पश्चिमि सञ्चारमाध्यामहरुका अनुसार उत्तर कोरिया रुससँग झन् नजिकिँदै गइरहेका बेला बेइजिङले आफ्नो रणनीतिक रूपमा महत्त्वपूर्ण तर निकै अप्रत्याशित छिमेकीमाथिको प्रभाव पुनःमजबुत बनाउन खोजिरहेको सन्दर्भमा यो भ्रमणलाई विशेष अर्थपूर्ण रूपमा रहेको बताएका छन्।

तर चीनले यसलाइ स्वभाविक र एकआपसमा सम्बन्ध थप प्रभावकारी, मञ्जबुत र विश्वसनीय बनाउने भ्रमणका रुपमा अर्थ्याएको छ। गत रात आयोजित रात्रिभोज समारोहमा सम्बोधन गर्दै सीले चीन र उत्तर कोरिया ‘पहाड र नदीहरूले जोडिएका तथा साझा भविष्य बोकेका दुई मित्र राष्ट्र’ भएको बताए।

चिनियाँ सरकारी समाचार संस्था सिन्ह्वाका उनले नेता किमसँग ‘समयको प्रवृत्तिलाई आत्मसात् गर्दै उच्चस्तरीय सहकार्य र जनस्तरको सम्बन्धलाई अझ गहिरो बनाउने’ विषयमा महत्वपूर्ण सहमति भएको जानकारी दिए।

उत्तर कोरियाको भ्रमणका क्रममा सी प्योङयाङको मुटुमा रहेको कुम्सुसान स्टेट गेस्ट हाउसमा बसेका थिए। सन् २०१९ मा निर्माण गरिएको यो विशिष्ट अतिथि निवास कुमसुसान प्यालेस अफ द सन नजिकै अवस्थित रहेको छ। उक्त स्मारकमा उत्तर कोरियाका पूर्व सर्वोच्च नेता किम इल-सुङ र किम जोङ-इलको पार्थिव शरीर सुरक्षित राखिएका छन्।

सीको २०१९ को प्योङयाङ भ्रमणलाई लक्षित गरी निर्माण गरिएको भनिने यो अतिथि गृहमा पछिल्ला वर्षहरूमा राष्ट्रपति पुटिन र बेलारुसका राष्ट्रपति अलेक्सेन्डर लुकासेन्को लगायतका विदेशी नेताहरूलाई पनि आतिथ्य प्रदान गरिएको थियो।

राष्ट्रपति सी सामान्यतया वर्षमा तीनदेखि चार पटक विदेश भ्रमण गर्छन्। तर वर्षको पहिलो विदेश भ्रमणलाई विशेष चासोका साथ हेरिन्छ, किनभने यसले बेइजिङको त्यस वर्षको कूटनीतिक प्राथमिकता कता केन्द्रित छ भन्ने सन्देश दिने गर्छ।

पछिल्ला वर्षहरुमा अर्थात २०२२ को कोभिड महामारीका कारण लामो समय विदेश यात्रा नगरेपछि सीले सेप्टेम्बरमा काजाकस्तान र उज्वेकिस्तान भ्रमण गरेका थिए। यसलाई मध्य एसियासँग चीनको सम्बन्ध विस्तार गर्ने संकेतका रूपमा हेरिएको थियो।

त्यस्तै २०२३ मा उनको पहिलो विदेश भ्रमणका रुपमा रसिया रहेको थियो। युक्रेन युद्ध सुरु भएको एक वर्षपछि भएको मस्को भ्रमणले चीन-रुस सम्बन्धको महत्व झल्काएको थियो। सन् २०१३ यता सीले रुसको ११ पटक भ्रमण गरिसकेका छन्, जुन कुनै पनि अन्य देशभन्दा बढी हो।

त्यसोत सीले २०२४ को मे महिनामा युरोपको तीन देशीय भ्रमण गरेका थिए। जहाँ उनी फ्रान्स, सर्विया र हंगेरी पुगे। युक्रेन युद्ध र व्यापारिक विवादका कारण युरोपसँग चीनको सम्बन्धमा तनाव बढिरहेका बेला यो भ्रमण भएको थियो।

त्यस्तै सी २०२५मा पहिलो विदेश भ्रमण दक्षिणपूर्वी एसियाली राष्ट्रहरू भियतनाम, मलेसिया र क्याम्बोडियामा केन्द्रित भएको थियो। छिमेकी मुलुकहरूसँग सम्बन्ध थप सुदृढ बनाउनुपर्ने आवश्यकतामाथि जोड दिएको भनिएको यो भ्रमण एकसाता लामो थियो।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…