रोनाल्डोले आफू गोल गर्ने चक्करमा टिमलाई डुबाएको थिएरी हेनरीको आरोप

रोनाल्डोले आफू गोल गर्ने चक्करमा टिमलाई डुबाएको थिएरी हेनरीको आरोप
+
-
देशसञ्चार AI सारांश
  • अफ्रिकी टोली कंगोसँग १-१ को बराबरीपछि पोर्चुगल स्टार क्रिस्टियानो रोनाल्डोको प्रदर्शनको चर्को आलोचना भइरहेको छ।
  • पूर्व स्ट्राइकर थिएरी हेनरीले रोनाल्डोको व्यक्तिगत गोलको चाहनाले पोर्चुगलको टिम प्रदर्शनमा निराशा आएको बताए।
  • रोनाल्डोले टोलीको गोलमा भन्दा व्यक्तिगत गोलमा ध्यान दिँदा विपक्षीलाई रक्षामा सजिलो भएको विश्लेषण गरियो।

पोर्चुगलको प्रदर्शनलाई लिएर पछिल्लो समय निकै कडा आलोचनाहरु भइरहेका छन्। अफ्रिकी टोली कंगो सँग १-१ गोलको बराबरी खेलेपछि पोर्चुगलका स्टार स्ट्राइकर क्रिश्टियानो रोनाल्डोको आलोचना भइरहेको छ।

यहि शिलसिलामा भूतपूर्व विश्वकप विजेता फ्रान्सका स्टार थिएरी हेनरीले पोर्चुगलको निराशाजनक बराबरीमा रोनाल्डोको आफूले गोल गर्नु पर्ने चाहना कारण रहेको बताएका छन्। खेलमा क्रिस्टियानो रोनाल्डोको फितलो प्रदर्शनलाई लिएर उनले भने ‘टोलीले गोल गर्नुपर्छ, तपाईंले होइन।’

फक्स स्पोर्ट्स को विज्ञ विश्लेषकको रूपमा रहेका हेनरीले हरेक टिमको प्रदर्शनमा क्रिटिकल टीप्पणी गर्दै आएका छन्। रोनाल्डोको पोर्चुगलका लागि भएको निराशाजनक प्रदर्शनले नै हेनरीलाई आक्रोशीत बनाएको थियो।

उनले भने ‘एउटा कुरा महत्त्वपूर्ण छ’, हेनरीले बुधबारको पोर्चुगलको १-१ को बराबरीपछि थप प्रभाव पार्न सिधै क्यामराको लेन्समा हेर्दै भने ‘टोलीले गोल गर्न आवश्यक छ, तपाईंले गोल गर्न आवश्यक भएको होइन।’

आर्सनलका यी दिग्गज पूर्व स्ट्राइकरले दोस्रो हाफको एउटा निश्चित खेलको दृश्यलाई हाइलाइट गरे, जहाँ पोर्चुगलले जितको गोलका लागि प्रयास गरिरहेको थियो तर त्यो गोल कहिल्यै निस्किएन्।

‘फ्रान्सिस्को कोन्सेइसाओ डि-बक्सभित्र छिरेका थिए र रोनाल्डोले टाढाको पोस्टतर्फ दौडिनुको साटो उनी कम उचाइको क्रस  प्राप्त गर्ने स्थितिमा हुन्थे र सबैभन्दा महत्त्वपूर्ण कुरा, उनका पछाडि रहेका ब्रुनो फर्नान्डेसका लागि ठाउँ खाली हुन्थ्यो। यी ४१ वर्षीय खेलाडीले आफ्नो स्थान छोडेनन् र एउटा फितलो प्रहार गर्दै बललाई पोस्ट बाहिर पठाए।’

उनले भने ‘किनभने उनी आफैं गोल गर्न चाहन्छन्, उनी ब्रुनो फर्नान्डेसको दिशामा जान्छन्, हेनरीले लामो सास फेर्दै भने। यसले गर्दा विपक्षीलाई रक्षा गर्न सजिलो हुन्छ।’

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…