अमेरिका र इरानबीच प्रारम्भिक चरणको वार्ता स्विजरल्याण्डमा हुने

अमेरिका र इरानबीच प्रारम्भिक चरणको वार्ता स्विजरल्याण्डमा हुने
+
-
देशसञ्चार AI सारांश
  • अमेरिकी राष्ट्रपति ट्रम्प र इरानी राष्ट्रपति पेजेस्कियनले युद्धविराम सम्झौतामा हस्ताक्षर गरेपछि प्रारम्भिक वार्ता स्विजरल्याण्डमा गर्ने तयारी गरेका छन्।
  • स्विस विदेश मन्त्रालयले मध्य पूर्वको शान्ति र सुरक्षालाई प्राथमिकता दिएको भन्दै विज्ञप्ति जारी गरेको छ।
  • १४ बुदे सम्झौताले दुई देशबीचको शत्रुता अन्त्य गर्न र स्ट्रेट अफ होर्मुज पुनः खोल्ने योजना बनाएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानी राष्ट्रपति मसूद पेजेस्कियनले युद्धविराम सम्झौतामा भर्चुअल हस्ताक्षर गरे पछि प्रारम्भिक चरणको वार्ता स्विजरल्याण्डमा गर्ने तयारी गरेको जनाइएको छ।

रोयटर्सका अनुसार शुक्रबार स्विट्जरल्यान्डको बुर्गेनस्टक माउन्टेन्टप रिसोर्टमा प्रत्यक्ष वार्ता गर्ने तयारी भएको छ भने वार्ताको तालिका र विवरण भने सार्वजनिक गरिएको छैन।

स्विस विदेश मन्त्रालयले मध्य पूर्वको शान्ति र सुरक्षालाई आफ्नो विदेश नीतिको प्राथमिकता भन्दै विज्ञप्ति जारी गरेको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार साँझ फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले स्वागत गर्दै गर्दा प्यालेस अफ भर्साइल्समा रात्रिभोजको क्रममा समझदारी पत्र (एमओयू) मा हस्ताक्षर गरेको जनाइएको छ।

सम्झौताले वासिङ्टन र तेहरान बीचको महत्वपूर्ण कूटनीतिक विकासलाई प्रतिनिधित्व गर्ने जनाइएको छ। सीएनएनका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानी राष्ट्रपति मसूद पेजेस्कियनले दुई देशबीचको शत्रुता अन्त्य गर्ने, स्ट्रेट अफ होर्मुज पुनः खोल्ने र विस्तृत अन्तिम सम्झौताका लागि वार्ता गर्न ६० दिनको प्रक्रिया सुरु गर्ने उद्देश्यले १४ बुधे सम्झौता पत्रमा हस्ताक्षर गरेको जनाइएको छ।

दुई देशका प्रतिनिधिबीच भएको १४– बुदे सम्झौताले लेबनानमा समेत सैन्य अपरेसनहरू तत्काल बन्द गर्ने व्यवस्था गर्दै दुबै देशले ६० दिन भित्र अन्तिम सम्झौतामा पुग्ने प्रतिबद्धता गरेका छन्।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…