- नेपालका पहिलो सगरमाथा आरोही तेन्जिङ नोर्गे शेर्पाबारेको हलिउड फिल्म ‘तेन्जिङ’को प्रदर्शन ९ अक्टोबरमा हुने भएको छ।
- फिल्ममा शेर्पाको भूमिकामा गेन्डेन फुन्टसोक र एडमन्ड हिलारीको भूमिकामा टम हिडल्टसनले अभिनय गरेका छन्।
- यो फिल्मलाई मुख्यतः सगरमाथा क्षेत्र, मुस्ताङ, काठमाडौं र भक्तपुरमा छायांकन गरिएको हो।
नेपालका पहिलो सगरमाथा आरोही तेन्जिङ नोर्गे शेर्पाबारेको हलिउड फिल्म ‘तेन्जिङ’को प्रदर्शन ९ अक्टोबरमा हुने भएको छ।
नेपालमा छायांकन भएको यो फिल्ममा शेर्पाको भूमिकामा गेन्डेन फुन्टसोक र एडमन्ड हिलारीको भूमिकामा टम हिडल्टसनले अभिनय गरेका छन्।
यो फिल्मलाई सगमाथा क्षेत्र, मुस्ताङ, काठमाडौं र भक्तपुर, तनहुँको बन्दीपुरमा छायांकन गरिएको छ।
नेपाली अभिनेत्री थिन्ले ल्हामोले यो फिल्ममा पहिलो सगरमाथा आरोही तेन्जिङकी पत्नी दावाको भूमिका निर्वाह गरेकी छन् ।
यो फिल्मलाई डकुमेन्ट्री निर्देशन गरेकी जेनिफर पिडमले यो फिल्मको निर्देशन गरेकी छन्। उनले यसअघि ‘शेर्पा’ र ‘माउण्टेन’जस्ता डकुमेन्ट्री निर्देशन गरेकी हुन्।
फिल्मको नेपाल छायांकन होल्डिलेस आउटडोर, फिल्म डेस्टिनेसन नेपाल र फिल्म क्रूले संयोजन गरेका थिए। नेपाल छायांकनमा चर्चित नेपाली छायांकार विष्णु कल्पितले काम गरेका थिए।
तर, यो फिल्मले नेपाल छायांकनका लागि ‘टासी’ नामबाट छायांकन अनुमति लिएको थियो। नेपालमा छायांकन गर्दामात्र यसले १५ करोड रुपैयाँ नेरु खर्च गरेको बताइएको छ।
शेर्पा र न्युजिल्याण्डका एड्मण्ड हिलारीले सन् १९५३ मा पहिलोपटक सगरमाथा आरोहण गरेका थिए। आरोहणको नेतृत्व तेन्जिङले गरेका थिए। यो फिल्ममा हिडल्स्टनले हिलारी र डफोईले अंग्रेज आरोहण दलका नेता कर्णेल जोन हन्टको भूमिका निर्वाह गर्नेछन्।
चर्चित कम्पनी एप्पलले निर्माण गरेको फिल्म एप्पल प्लसमा चाहिँ १६ अक्टोबरमा आउनेछ।
भर्खरै
लोकप्रिय
