एम्बाप्पेको दुई गोलमा स्विडेनमाथि सहज जित निकाल्दै फ्रान्स प्रि-क्वाटरफाइनलमा

एम्बाप्पेको दुई गोलमा स्विडेनमाथि सहज जित निकाल्दै फ्रान्स प्रि-क्वाटरफाइनलमा
+
-
देशसञ्चार AI सारांश
  • केलियन एम्बाप्पेको दुई गोलले फ्रान्सले स्विडेनलाई ३-० ले पराजित गर्दै पाराग्वेसँग अन्तिम १६ को भेट पक्का गर्यो।
  • माइकल ओलिसेले ५ असिस्ट पूरा गरेर विश्वकपकै एक संस्करणमा सर्वाधिक असिस्ट गर्ने खेलाडीको कीर्तिमान कायम राखे।
  • एम्बाप्पेले गोल्डेन बुट दौडमा लियोनेल मेसीसँग बराबरी गर्दै कुल ६ गोल पूरा गरेका छन्।

विश्वकप फुटबलमा साविक फाइनलिस्ट फ्रान्सले अन्तिम १६ मा स्थान बनाएको छ। बुधबार बिहान सम्पन्न अन्तिम ३२ को खेलमा केलियन एम्बाप्पेको दुई गोलको सहयोगमा स्विडेनमाथि ३-० को जित निकाल्दै फ्रान्सले पाराग्वेसँगको भेट पक्का गरेको हो। अब क्वाटरफाइनल प्रवेशका लागि फ्रान्सले जर्मनीलाई हराएको पाराग्वेसँग प्रतिस्पर्धा गर्ने छ।

जारी विश्वकपमा फ्रान्सका माइकल ओलिसे ले पाँच असिस्ट  पुरा गरे। सन् १९९४ मा जर्मनीका थोमस हेसलर पछि विश्वकपको एउटै संस्करणमा कुनै पनि खेलाडीले गरेको सबैभन्दा धेरै असिस्ट हो। यदि फ्रान्सले यही लय कायम राख्यो भने, ओलिसेले आफ्नो असिस्ट संख्या अझ बढाउने छन्।

उता केलियन एम्बाप्पे ले अब गोल्डेन बुट दौडमा लियोनेल मेसी समान ६ गोल को बराबरी गरेका छन्। साथै विश्वकपमा उनले गोल संख्या १८ पुर्याएका छन्। एम्बाप्पे सर्वाधिक गोलकर्ताको लाइनमा लियोनेल मेसी भन्दा अब १ गोलले पछि रहेका छन्।

साथै एम्बाप्पे विश्वकपका नकआउट चरणमा सबैभन्दा धेरै १० गोल गर्ने खेलाडी बने। न्यु जर्सीको चर्को गर्मीबीच भएको खेलमा फ्रान्सले सुरुदेखि नै स्विडेनमाथि दबाब बनाएको थियो। खेलको २०औँ मिनेटमा एम्बाप्पेले गोल गरे पनि अफसाइडका कारण त्यो गोल मान्य भएन। त्यसको केहीबेरपछि जुल्स कुन्डे को लो–क्रसमा एम्बाप्पेको प्रहार पोस्टमा लागेर फर्कियो।

लगत्तै माइकल ओलिसे ले शानदार सिजर किक प्रहार गरे पनि बल पोस्टमा लाग्यो। रिबाउन्डमा उस्मान डेम्बेले ले गरेको प्रहार भने बाहिरियो। स्विडेनका गोलरक्षक याकब विडेल जेटरस्ट्रोम ले लगातार उत्कृष्ट बचाउ गर्दै फ्रान्सलाई लामो समयसम्म गोल गर्नबाट रोके। तर पहिलो हाफको इन्जुरी समयमा डेम्बेलेको उत्कृष्ट पासमा एम्बाप्पेले भिक्टर ज्योकेरेस लाई स्टेपओभरले छक्याउँदै बललाई सुन्दर ढंगले जाली चुमाए।

दोस्रो हाफ सुरु भएको आठ मिनेटमै ओलिसेको आकर्षक पासमा ब्राड्ली बारकोला ले नजिकको पोस्टतर्फ शक्तिशाली प्रहार गर्दै फ्रान्सको अग्रता दोब्बर बनाए। त्यसपछि पनि डेम्बेले र ओलिसेका प्रयासलाई जेटरस्ट्रोमले उत्कृष्ट बचाउ गरे। तर खेलको ७४औँ मिनेटमा फेरि ओलिसेको सटिक पासमा एम्बाप्पे अघि बढे र सुन्दर कर्लिङ प्रहारमार्फत व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै फ्रान्सको शानदार जित सुनिश्चित गरे।

अब फ्रान्सले सोमबार पेनाल्टी सुटआउटमा जर्मनीलाई हराएको पाराग्वेसँग जुलाई  शनिबार फिलाडेल्फियामा हुने अन्तिम १६ को खेलमा प्रतिस्पर्धा गर्ने छ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…