लायन्स क्लब अफ काठमाडौं होलिस्टिक माइन्ड्सको पद हस्तान्तरण समारोह

लायन्स क्लब अफ काठमाडौं होलिस्टिक माइन्ड्सको पद हस्तान्तरण समारोह
+
-
देशसञ्चार AI सारांश
  • लायन्स क्लब अफ काठमाडौं होलिस्टिक माइन्ड्सले लायन वर्ष २०२६/२०२७ को पद हस्तान्तरण समारोह काठमाडौंमा सम्पन्न गर्‍यो।
  • नवनिर्वाचित अध्यक्ष लायन उद्धव पाली बोगटीले सेवा, नेतृत्व विकास, आध्यात्मिक जागरण, मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरे।
  • कार्यक्रममा लायन नानी शोभा श्रेष्ठको नेतृत्व र सेवामूलक योगदानको उच्च कदर गर्दै विशेष सम्मान प्रदान गरियो।

काठमाडौं-  लायन्स क्लब अफ काठमाडौं होलिस्टिक माइन्ड्सले बुधबार काठमाडौंमा लायन वर्ष २०२६/२०२७ को कार्यकालका लागि पद हस्तान्तरण समारोह सम्पन्न गरेको छ।

कार्यक्रमको सभापतित्व गरेकी लायन वर्ष २०२५/२०२६ की अध्यक्ष नानी शोभा श्रेष्ठले आफ्नो कार्यकालका अनुभव तथा उपलब्धिहरू प्रस्तुत गर्दै क्लबका सम्पूर्ण पदाधिकारी, सदस्य तथा शुभेच्छुकहरूप्रति हार्दिक आभार व्यक्त गरिन्। उनले लायन वर्ष २०२६/२०२७ का अध्यक्ष लायन उद्धव पाली बोगटीलाई अध्यक्षीय जिम्मेवारी तथा आवश्यक अभिलेख औपचारिक रूपमा हस्तान्तरण गरिन्।

क्लबकी प्रथम उपाध्यक्ष लायन अञ्जली प्रधानले स्वागत मन्तव्य व्यक्त गर्दै उपस्थित सम्पूर्ण अतिथि तथा सदस्यहरूलाई हार्दिक स्वागत गरेकी थिइन्।

नवनिर्वाचित अध्यक्ष लायन उद्धव पाली बोगटीले आफ्नो कार्यकालमा सेवा, नेतृत्व विकास, आध्यात्मिक जागरण, मानसिक स्वास्थ्य प्रवर्द्धन तथा समुदायमुखी कार्यक्रमलाई प्राथमिकताका साथ सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले नियमित शनिबारीय सत्सङ्ग, श्रद्धेय प्रीति गुरुमाँद्वारा सञ्चालन हुने मासिक धम्म संवाद, क्लस्टरसँगको सहकार्यमा रक्तदान कार्यक्रम, जिल्ला तथा लायन्सका सेवामूलक अभियानहरूमा सक्रिय सहभागिता, सदस्यता अभिवृद्धि तथा सामाजिक सेवाका कार्यक्रमलाई विशेष प्राथमिकतामा राखिने जानकारी दिए।

शुभकामना मन्तव्यका क्रममा जिल्ला कार्यकारी प्रमुख लायन आदर्शनारायण प्रधानले लायन्स क्लब अफ काठमाडौं होलिस्टिक माइन्ड्सले आध्यात्मिक शान्ति, मानसिक स्वास्थ्य तथा समग्र मानव विकासका क्षेत्रमा उल्लेखनीय कार्य गर्दै आएको बताए। उनले लायन्सका मूल आधार नेतृत्व विकास, मित्रता र सामाजिक सेवा भएकाले नयाँ कार्यसमितिले यी तीनै पक्षलाई अझ प्रभावकारी रूपमा अघि बढाउने विश्वास व्यक्त गरे।

क्लबका चार्टर अध्यक्ष तथा जोन चेयरपर्सन लायन बिपुला श्रेष्ठ, क्लब निर्देशक लायन मोहनप्रसाद गौतम तथा जिल्ला कार्यकारी प्रमुख लायन रजत कुमार श्रेष्ठले पनि शुभकामना मन्तव्य व्यक्त गर्दै नवनिर्वाचित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिए।

समारोहका अवसरमा लायन नानी शोभा श्रेष्ठको सफल नेतृत्व, समर्पण तथा सेवामूलक योगदानको उच्च कदर गर्दै उनलाई विशेष सम्मान दिइएको थियो। उनले आफ्नो कार्यकालमा क्लबको प्रगति तथा सेवामूलक गतिविधिमा उल्लेखनीय योगदान पुर्‍याउने पदाधिकारी तथा सदस्यहरूलाई सम्मान–चिन्ह प्रदान गरिन्। त्यसैगरी, लायन वर्ष २०२५/२०२६ मा क्लबको आध्यात्मिक तथा सेवामूलक गतिविधिमा पुर्‍याएको उल्लेखनीय योगदानको कदरस्वरूप प्रीति गुरुमाँलाई पनि विशेष प्रशंसा–पत्र प्रदान गरिएको थियो।

प्रमुख अतिथि पूर्व जिल्ला गभर्नर लायन आर. एस. महतोले लायन्सको मूल उद्देश्य सामाजिक सेवा भएको उल्लेख गर्दै क्लबले आफ्नो मुख्य ध्यान सेवामूलक कार्यमा केन्द्रित गरेमा अझ उत्कृष्ट उपलब्धि हासिल गर्न सक्ने बताए। उनले लायन्स क्लब अफ काठमाडौं होलिस्टिक माइन्ड्सले भर्चुअल माध्यमबाट सञ्चालन गर्दै आएका आध्यात्मिक तथा मानसिक स्वास्थ्यसम्बन्धी कार्यक्रमहरूको प्रशंसा गर्दै आगामी कार्यकाल सफल रहोस् भन्ने शुभकामना व्यक्त गरे।

कार्यक्रमको सञ्चालन क्लबकी सचिव लायन मीना बस्नेतले गरेकी थिइन्। पद हस्तान्तरण समारोह सम्पन्न भएपछि नवनिर्वाचित अध्यक्ष लायन बोगटीको अध्यक्षतामा लायन वर्ष २०२६/२०२७ को प्रथम बोर्ड बैठक बसेको थियो। समारोहमा वरिष्ठ लायन लिडरहरू, क्लबका पदाधिकारी तथा सदस्यहरू उपस्थित थिए।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…