इनड्राइभ नेपालले ल्यायो ‘आफ्नै रोजाइको भाडा’ क्याम्पेन

इनड्राइभ नेपालले ल्यायो ‘आफ्नै रोजाइको भाडा’ क्याम्पेन
+
-
देशसञ्चार AI सारांश
  • इनड्राइभले काठमाडौंमा ‘प्यासेन्जर ३६००’ क्याम्पेन ल्याएर यात्रुलाई पारदर्शी भाडादरको सुविधा दिन खोजेको छ।
  • यात्रुले स्वेच्छाले भाडा प्रस्ताव गर्न सके वैकल्पिक चालकको छनोट गर्दै निर्णय लिने अधिकार दिनेछ।
  • क्याम्पेन अन्तर्गत डिजिटल, सामाजिक सञ्जाल, र प्रत्यक्ष कार्यक्रमबाट यात्रु अनुभव समेट्दै सेवा प्रचार गरिनेछ।

काठमाडौं- विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले नेपालमा ‘आफ्नै रोजाइको भाडा, यहाँ मात्र’ भन्ने मूल सन्देशसहित नयाँ ‘प्यासेन्जर ३६००’ क्याम्पेन सुरु गरेको छ।

सन् २०२६ को जुनदेखि सुरु भएको यो क्याम्पेन आगामी सेप्टेम्बरसम्म काठमाडौं केन्द्रित रहने कम्पनीले जनाएको छ।

पारदर्शी भाडादर, यात्रुको छनोटको अधिकार र सहज शहरी आवागमनलाई प्रवर्द्धन गर्ने उद्देश्यले यो क्याम्पेन सञ्चालन गरिएको हो, जसले यात्रुलाई आफ्नो यात्राको निर्णयमा थप नियन्त्रण प्रदान गर्नेछ।

काठमाडौंजस्तो व्यस्त सहरमा ट्राफिक जाम र सार्वजनिक यातायातको अनिश्चितताका बीच यात्रुहरूले पारदर्शिता र सहजता खोजिरहेका छन्।

यही आवश्यकतालाई सम्बोधन गर्दै इनड्राइभले यात्रु र चालक दुवैको सहमतिमा भाडा तय हुने मोडल सञ्चालन गर्दै आएको छ।

यस अन्तर्गत यात्रुले आफैँ भाडा प्रस्ताव गर्न, उपलब्ध चालकका विकल्पहरू हेर्न र आफ्नो आवश्यकताअनुसार चालक छनोट गर्न सक्छन्।

यसले यात्रा स्वीकार गर्नुअघि नै भाडादर र चालकसम्बन्धी जानकारीका आधारमा सूचित निर्णय लिन सहयोग पुर्‍याउनेछ।

चार महिनासम्म चल्ने यस क्याम्पेनअन्तर्गत डिजिटल भिडियो, सामाजिक सञ्जाल सामग्री, आउट-अफ-होम विज्ञापन, इन्फ्लुएन्सर सहकार्य, इन-एप अनुभव तथा काठमाडौंका विभिन्न स्थानमा प्रत्यक्ष प्रवर्द्धनात्मक कार्यक्रमहरू सञ्चालन गरिनेछन्।

क्याम्पेनले बिहान सबेरै काममा निस्कने यात्रुदेखि राति अबेरसम्म आवतजावत गर्ने व्यक्ति, विद्यार्थी, युवा पेसाकर्मी र महिलाहरूको वास्तविक यात्रा अनुभवलाई समेट्दै उनीहरूलाई आफ्नो समय, सुविधा र बजेटअनुसार यात्रा छनोट गर्ने सन्देश प्रवाह गर्नेछ।

इनड्राइभको सेवा अवधारणा अनुसार यात्रुले एपमार्फत आफूले तिर्न चाहेको भाडा प्रस्ताव गर्न सक्छन् भने चालकले उक्त प्रस्ताव स्वीकार वा अस्वीकार गर्न, अथवा अर्को भाडा प्रस्ताव (काउन्टर अफर) गर्न सक्छन्।

अन्ततः दुवै पक्षको आपसी सहमतिपछि मात्र यात्रा अगाडि बढ्नेछ। इनड्राइभ नेपालकी कन्ट्री रिप्रिजेन्टेटिभ रिता पोखरेलका अनुसार काठमाडौंका मानिसहरूले दैनिक आवागमनमा पारदर्शिता र लचकतालाई विशेष महत्व दिने भएकाले यात्रुहरूको सोही आवश्यकता र आत्मविश्वासलाई बलियो बनाउन यो क्याम्पेन ल्याइएको हो।

यस क्याम्पेनले पारदर्शी भाडादर र यात्रुको छनोटको अधिकार सुनिश्चित गर्दै इनड्राइभको पहिचानलाई अझ मजबुत बनाउने कम्पनीको विश्वास छ।

 

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…