- स्कोडा नेपालले नयाँ स्कोडा कुशाक एसयूभी नेपाली बजारमा ‘Real Drivers Wanted’ भन्ने ट्यागलाइनका साथ सार्वजनिक गरेको छ।
- नयाँ कुशाकमा १.० लिटर र १.५ लिटर TSI इन्जिन, ८-स्पिड अटोमेटिक, DSG ट्रान्समिसन, र मसाज सुविधा छन्।
- सुरुवाती मूल्य रुपैयाँ ५७ लाख ९० हजार राखिएको यो गाडीलाई कम्पनीले वार्षिक मर्मतसम्भार योजनासहित उपलब्ध गराएको छ।
काठमाडौं- स्कोडा नेपालले नेपाली बजारमा आफ्नो फेसलिफ्ट गरिएको नयाँ स्कोडा कुशाक एसयूभी सार्वजनिक गरेको छ।
‘Real Drivers Wanted’ (रियल ड्राइभर्स वान्टेड) भन्ने विशेष ट्यागलाइनका साथ यो गाडीलाई स्कोडाको शोरुममा एक भव्य कार्यक्रमका बीच अनावरण गरिएको हो।
उक्त सार्वजनिकिकरण कार्यक्रममा कम्पनीका उच्च पदाधिकारीहरू, व्यावसायिक साझेदारहरू, सञ्चारकर्मी तथा आमन्त्रित अतिथिहरूको बाक्लो उपस्थिति रहेको थियो।
नयाँ कुशाकको अनावरण एमएडब्लु ग्रुपका अध्यक्ष विष्णुकुमार अग्रवाल तथा एमएडब्लु एक्स्पान्जका प्रमुख कार्यकारी अधिकृत रौनक अग्रवालले संयुक्त रूपमा गरेका हुन्।
गाडी केवल कागज वा चार्टमा मात्र उत्कृष्ट नभई स्टेयरिङ समात्दा प्राप्त हुने वास्तविक ड्राइभिङको अनुभवलाई प्राथमिकता दिने चालकहरूका लागि निर्माण गरिएको कम्पनीले जनाएको छ।
यो गाडी १.० लिटर र १.५ लिटर TSI इन्जिन विकल्पहरूमा उपलब्ध छ। उत्कृष्ट नियन्त्रण र सहज यात्राका लागि यसमा ८-स्पिड अटोमेटिक ट्रान्समिसन तथा DSG ट्रान्समिसन जडान गरिएको छ भने पछाडिको सिटमा मसाज सुविधा समेत उपलब्ध गराइएको छ।
नेपाली बजारमा यो अन्तर्राष्ट्रिय ब्रान्डको सुरुवाती मूल्य रुपैयाँ ५७ लाख ९० हजार कायम गरिएको छ। गाडी खरिद गर्ने ग्राहकका लागि कम्पनीले ‘Promise of 12’ अन्तर्गत देशभरका १२ वटै सेवा केन्द्रबाट वार्षिक मर्मतसम्भार योजना पनि ल्याएको छ।
यस योजना अन्तर्गत कुनै पनि लुकेका शुल्कहरू बिना हरेक १२ महिना वा १२,००० किलोमिटरमा केवल रु. १२,००० को निश्चित शुल्कमा मर्मत कार्य गरिने व्यवस्था मिलाइएको छ।
नेपालमा स्कोडा ब्रान्डको आधिकारिक प्रतिनिधित्व एमएडब्लु समूह अन्तर्गतको एमएडब्लु वृद्धिले गर्दै आएको छ।
उत्कृष्ट प्रदर्शन, युरोपेली विरासत र आकर्षक मूल्यको संयोजनले गर्दा यो नयाँ कुशाकले नेपाली सडकमा चालक-केन्द्रित एसयूभीको रूपमा आफ्नो बलियो पहिचान बनाउने विश्वास कम्पनीले लिएको छ।
भर्खरै
लोकप्रिय
