- हेल्दी होमले २१औँ वार्षिकोत्सवको अवसरमा काठमाडौंमा आफ्नो लामो यात्रालाई ग्राहक सेवाको प्रतिबिम्बको रूपमा मनायो।
- संस्थापक मोहन र म्यानेजिङ्ग डाइरेक्टर मन्दिपले नयाँ प्रविधि र सेवाहरू मार्फत संस्थालाई अझ सशक्त बनाउने प्रतिबद्धता जनाए।
- वार्षिकोत्सवमा विशेष क्याम्पेन मार्फत सेवाग्राहीहरुलाई गिफ्ट ह्याम्पर र नगद पुरस्कार प्रदान गरिएको थियो।
काठमाडौँ- नेपालको पहिलो र सबैभन्दा विश्वसनीय होलिस्टिक हेल्थ, एस्थेटिक्स र वेलनेस सोल्युससन सेन्टर हेल्दी होमले आफ्नो २१औं वार्षिकोत्सव सफलतापूर्वक सम्पन्न गरेको छ।
असार २८ गते काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच कम्पनीले दुई दशक लामो आफ्नो यात्राको उत्सव मनाएको हो।
यस यात्राले नेपालको वेलनेस उद्योगमा कम्पनीको योगदान, ग्राहक सेवाप्रतिको प्रतिबद्धता र सेवाग्राहीको अटुट विश्वासलाई प्रतिबिम्बित गरेको छ।
वि.स. २०६३ मा मोहन भुसाल र कृष्ण भट्टराईले संयुक्त रुपमा स्थापना गरेको हेल्दी होम हाल काठमाडौं र पोखरामा गरी ४ वटा शाखाहरुमार्फत सञ्चालनमा छ।
वेलनेस तथा एस्थेटिक्स क्षेत्रमा अग्रणी नामका रूपमा विकसित यस संस्थाले आजसम्म ५० हजारभन्दा बढी ग्राहकहरूलाई सेवा प्रदान गरिसकेको छ।
विशेषगरी वेट म्यानेजमेन्ट, बडि शेपिंग, स्किन एण्ड हेयर एनलाइसिस सेवाका लागि परिचित हेल्दी होमले नेपालमा पहिलोपटक तौल घटाउने आधुनिक सेवा तथा प्रविधि भित्र्याएर वेलनेस र ट्रान्सफर्मेसन सेवाको दृष्टिकोणलाई नै पुनः परिभाषित गरिदिएको छ।
वार्षिकोत्सवको अवसरमा बोल्दै संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत मोहन भुसालले २१ औं वार्षिकोत्सव एक गौरवशाली उपलब्धिसँगै अझ ठूलो जिम्मेवारीको सुरुवात भएको बताए।

२१ वर्षअघि स्वस्थ जीवनशैलीप्रति सचेत समाज निर्माण गर्ने उद्देश्यका साथ स्थापित यस संस्थामा अब नयाँ पुस्ताको नेतृत्व आएसँगै पुरानै मूल्य, विश्वास र सेवाभावलाई अझ व्यापक बनाउँदै हेल्दी होम नयाँ उचाइमा पुग्नेमा उनले पूर्ण विश्वास व्यक्त गरे।
त्यस्तै, हेल्दी होमका म्यानेजिङ्ग डाइरेक्टर मन्दिप भुसालले संस्थापकद्वयले निर्माण गरेको २१ वर्षको विरासतलाई अझ अघि बढाउने जिम्मेवारी पाउनु आफ्नो लागि गौरव र ठूलो उत्तरदायित्व भएको उल्लेख गरे।
उनले आधुनिक प्रविधि, नवीन सेवा र उत्कृष्ट ग्राहक अनुभवमार्फत हेल्दी होमलाई नेपालको अग्रणी समग्र स्वास्थ्य तथा वेलनेस संस्थाका रूपमा अझ सशक्त बनाउने प्रतिबद्धता जनाए।
आगामी वर्षहरूमा थप सेवा विस्तार, नयाँ शाखा स्थापना र गुणस्तरीय स्वास्थ्य सेवा सबैको पहुँचमा पुर्याउने स्पष्ट लक्ष्य रहेको पनि उनले जानकारी दिए।
यस २१ औं वार्षिकोत्सवलाई अझ विशेष बनाउन हेल्दी होमले एक विशेष क्याम्पेन समेत सुरु गरेको थियो। सेवाग्राहीहरुको विश्वास र समर्थनप्रति कृतज्ञता र आभारस्वरुप लक्की ड्रमार्फत विजेताहरु छनोट गरी गिफ्ट ह्याम्पर, स्किन केयर ह्याम्पर, वेट लस प्रोग्राम र प्रथम हुनेलाई १ लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको छ।
आगामी दिनमा हेल्दी होम ब्रान्डको विस्तार, नयाँ प्रविधि र सेवाहरूको समावेश गर्दै वेलनेस तथा एस्थेटिक्स क्षेत्रमा अझ व्यापक प्रभाव सिर्जना गर्ने लक्ष्यका साथ अघि बढ्ने तयारीमा छ।
भर्खरै
लोकप्रिय
