सामसुङ नेपालद्वारा ग्यालेक्सी A27 5G नेपाली बजारमा सार्वजनिक, उत्कृष्ट एआईलगायत फिचर्सका साथमा

सामसुङ नेपालद्वारा ग्यालेक्सी A27 5G नेपाली बजारमा सार्वजनिक, उत्कृष्ट एआईलगायत फिचर्सका साथमा
+
-
देशसञ्चार AI सारांश
  • काठमाडौँमा सामसुङ नेपालले ग्यालेक्सी A27 5G सार्वजनिक गर्दै प्रिमियम एआई फिचर्स र भरपर्दो कार्यक्षमता प्रस्तुत गरेको छ।
  • यस फोनमा स्न्यापड्रैगन 6 जेन 3 प्लेटफर्म, ५० एमपी OIS क्यामेरा र ५००० एमएएच ब्याट्री समावेश छ।
  • ग्राहकलाई २४ महिनाको इएमआई, एक्सचेन्ज अफर, र एनसेलको १२० जीबी डाटा बोनस जस्ता सुविधाहरू दिइएको छ।

काठमाडौँ- सामसुङ नेपालले नेपाली बजारमा आफ्नो लोकप्रिय ए सिरिज अन्तर्गतको नयाँ स्मार्टफोन ‘ग्यालेक्सी A27 5G’ (Galaxy A27 5G) आधिकारिक रूपमा सार्वजनिक गरेको छ

युवा उपभोक्ताहरूलाई लक्षित गर्दै बजारमा ल्याइएको यस फोनमा प्रिमियम एआई फिचर्स, भरपर्दो कार्यक्षमता, बलियो सुरक्षा र लामो समयसम्मको सफ्टवेयर सपोर्ट उपलब्ध गराइएको छ । सामसुङ नेपालका एमएक्स बिजनेसका सिनियर डाइरेक्टर प्रणय रत्न स्थापितका अनुसार कम्पनीले एआई प्रविधिलाई सबैको पहुँचमा पुऱ्याउने प्रतिबद्धता स्वरूप यो फोन ल्याएको हो

साथै, उपभोक्ताहरूको सहजताका लागि कम्पनीले २४ महिनाको इएमआई (EMI) सुविधा पनि उपलब्ध गराएको छ

यो स्मार्टफोनमा ७.८ एमएमको स्लिम डिजाइन र ६.७ इन्चको FHD+ सुपर अमोलेड (Super AMOLED) डिस्प्ले रहेको छ, जसले १२० हर्जको रिफ्रेस रेट सपोर्ट गर्दछ । लाइट ग्रिन, लाइट पिंक र ब्ल्याक रंगहरूमा उपलब्ध यस फोनमा अपग्रेड गरिएको इन्फिनिटी-ओ (Infinity-O) पञ्च-होल डिस्प्ले डिजाइन प्रयोग गरिएको छ, जसले प्रयोगकर्तालाई उत्कृष्ट भिजुअल अनुभव प्रदान गर्दछ

कार्यक्षमताको कुरा गर्दा, यसमा ४ एनएम (4nm) को स्न्यापड्रैगन ६ जेन ३ (Snapdragon® 6 Gen 3) मोबाइल प्लेटफर्म राखिएको छ, जसले एपहरू चलाउन, भिडियो स्ट्रिमिङ गर्न र एआई एप्लिकेसनहरू प्रयोग गर्न सहज बनाउँछ

ग्यालेक्सी A27 5G मा विशेष एआई सुविधाहरू जस्तै भ्वाइस ट्रान्सक्रिप्सन (Voice Transcription) समावेश गरिएको छ, जुन विद्यार्थी र व्यावसायिक व्यक्तिहरूका लागि उपयोगी हुनेछ । यसमा गुगल जेमिनी (Google Gemini) र पर्प्लेक्सिटी (Perplexity) जस्ता एआई असिस्टेन्टहरूको सपोर्ट हुनुका साथै सामसुङको आफ्नै ग्यालेरी एपमा पनि एआई फिचर्स एकीकृत गरिएको छ

फोनमा ५० मेगापिक्सेलको ओआईएस (OIS) मुख्य क्यामेरा, ५ मेगापिक्सेलको अल्ट्रा-वाइड, २ मेगापिक्सेलको म्याक्रो र १२ मेगापिक्सेलको फ्रन्ट क्यामेरा रहेको छ । यसमा ५००० एमएएच (5000 mAh) को ब्याट्री र २५ वाटको फास्ट चार्जिङ सपोर्ट रहेको छ भने यो एन्ड्रोइड १६ (One UI 8.5) मा आधारित छ

नेपाली बजारमा यो फोन दुईवटा भेरियन्टमा उपलब्ध छ, जसमा ६ जीबी र्‍याम र १२८ जीबी स्टोरेज भेरियन्टको मूल्य रु ५५,९९९ तथा ८ जीबी र्‍याम र ५१२ जीबी स्टोरेज भेरियन्टको मूल्य रु ६९,९९९ तोकिएको छ

ग्राहकहरूका लागि सामसुङले आकर्षक एक्सचेन्ज (ट्रेड-इन) अफर पनि ल्याएको छ, जसमा पुराना छानिएका डिभाइसहरू साटिएमा थप रु ८,००० सम्मको बोनस पाइनेछ

यसका साथै, ग्राहकहरूले शून्य प्रतिशत डाउन पेमेन्टमा मात्र रु १,५१९ को मासिक किस्ता (EMI) मा यो फोन खरिद गर्न सक्नेछन् र यसमा एनसेलको तर्फबाट १२० जीबी डाटा बोनस समेत प्राप्त हुनेछ

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…