कोशी प्रदेशको बजेट प्रदेश सभाबाट पारित

कोशी प्रदेशको बजेट प्रदेश सभाबाट पारित
+
-

मोरङ – कोशी प्रदेशको आर्थिक वर्ष २०८३÷०८४ को बजेट पारित भएको छ।

विराटनगरस्थित प्रदेश सभा बैठकमा सरकारले ल्याएको ४० अर्ब ४४ करोड ९८ लाख रुपैयाँँभन्दा बढीको बजेट बुधबार सर्वसम्मत रुपमा पारित भएको सभामुख अम्बरबहादुर विष्टले घोषणा गरे।

सरकारले प्रस्तुत गरेको बजेटमध्ये चालुतर्फ १३ अर्ब ९७ करोड ६३ लाख रुपैयाँ र पुँजीगततर्फ २० अर्ब ७५ करोड ९९ लाख रुपैयाँँ विनियोजन गरिएको छ।

त्यसैगरी, वित्तीय व्यवस्थापनतर्फ १५ करोड रुपैयाँ राखिएको छ। बजेटको सन्दर्भलाई लिएर सत्तारुढ दलहरूकै सांसदहरूको असन्तुष्टिका बावजुद पारित गरिएको हो। गत असार १ गते प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री विदुरकुमार लिंथेपले प्रदेश सभामा बजेट पेश गरेका थिए।

त्यसयता प्रदेश सभा बैठकमा बजेटबारे छलफलका क्रममा सांसदहरूले असन्तुष्टि जनाउँदै आएका थिए। बजेटका सन्दर्भमा सत्तापक्षीय सांसदहरूले बजेट पूर्नलेखन गर्नुपर्ने जनाँउदै आएका थिए।

यसक्रममा उनीहरूले हस्ताक्षर अभियान नै अघि बढाएका थिए। प्रदेश सभामा पेश गरिएको बजेटले सत्तामा रहेका मुख्यमन्त्रीदेखि मन्त्रीले आफ्नो निर्वाचन क्षेत्रमा केन्द्रित गरेको आरोप रहेको थियो।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…