अ
+
अ
अ
-
काठमाडौँ – बिमा क्षेत्र नेतृत्वविहीन भएको छ।
बिमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइयो)हरु निलम्बनमा पर्दा नेतृत्व संकट पैदा भएको हो। सात कम्पनीका सीईओ अनुसन्धानका क्रममा निलम्बनमा परेका छने भने दुईवटा कम्पनीमा रिक्त पद पूर्ति हुन सकेको छैन।
सबै खालका बिमा कम्पनीहरु जीवन बीमा, निर्जीवन बीमा, पुनर्बीमा तथा माइक्रो इन्स्योरेन्स प्रमुख कार्यकारी विहीन भएका हुन्।
बिमा प्राधिकरणले तीन महिनासम्मका लागि वरिष्ठ कर्मचारीलाई सिइयोका रुपमा काम गर्न अधिकार दिए पनि धेरैले त्यो अवधिभन्दा बढी समयसम्म काम चलाइ रहेका छन्।
हिमालयन रिइन्स्योरेन्स र सन नेपाल लाइफ इन्स्योरेन्समा कामु नेतृत्वले जिम्मेवारी सम्हालिरहेका छन् भने हिमालयन लाइफ इन्स्योरेन्समा कामु सीईओसमेत तोकिएको छैन।
भर्खरै
लोकप्रिय
