सम्पत्ति छानबिन आयोगविरुद्धको रिट निरुपण गर्न बारले पठायो एमिकस क्युरी

सम्पत्ति छानबिन आयोगविरुद्धको रिट निरुपण गर्न बारले पठायो एमिकस क्युरी
+
-

काठमाडौँ – सम्पत्ति छानबिन आयोगविरुद्ध परेको रिट निवेदनको निरुपण गर्न नेपाल बार एशोसियशनले दुई जना वरिष्ठ अधिवक्ताहरुलाई एमिकस क्युरीका रुपमा पठाउने निर्णय गरेको छ।

बारले वरिष्ठ अधिवक्ताहरु बद्रीबहादुर कार्की र टिकाराम भट्टराईलाई एमिकस क्युरीका रुपमा पठाउने निर्णय गरेको महासचिव केदार कोइरालाले जानकारी दिए।

प्रेमराज सिलवालले दायर गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दैै सर्वोच्च अदालतले सम्पत्ति छानबिन आयोगलाई काम कारबाही जारी नराख्न अन्तरिम आदेश दिएको थियो।

न्यायाधीश टेकप्रसाद ढुंगाना र श्रीकान्त पौडेलको इजलासले अन्तरिम आदेश दिँदै रिटको निरुपण गर्न नेपाल बार र सर्वोच्च बार एशोसियशनबाट दुई दुई जना एमिकस क्युरी पठाउन आदेश गरेको थियो।

आदेशअनुसार बारले निर्णय गरे पनि सर्वोच्च बारले भने बिहीबार निर्णय गर्ने जनाएको छ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…