साउने सङ्क्रान्तिमा कर्णालीभर झराको राँको बाल्ने परम्परा कायमै

साउने सङ्क्रान्तिमा कर्णालीभर झराको राँको बाल्ने परम्परा कायमै
+
-
देशसञ्चार AI सारांश
  • कर्णाली प्रदेशका ग्रामीण बस्तीमा साउने सङ्क्रान्तिको अवसरमा झराको राँको बाल्ने परम्परा उत्साहका साथ मनाईदैछ।
  • राँको बालेर परिवारमा सुख, शान्ति, समृद्धि र राम्रो बाली भित्रिने विश्वाससहित सामाजिक एकता मजबूत बनाउने गरिएको छ।
  • मुगु, जुम्ला, हुम्लालगायत ठाउँमा मेला लाग्ने परम्परा रहँदै आए पनि आधुनिकताले कतिपय लोप हुँदैछ।

 

मुगु – साउने सङ्क्रान्ति पर्वका अवसरमा कर्णाली प्रदेशका मुगु, हुम्ला, जुम्ला, कालिकोट, डोल्पा, दैलेख, जाजरकोट, सुर्खेत, सल्यान र रुकुम पश्चिमका ग्रामीण बस्तीमा साँझपख झराको राँको बाल्ने परम्परा यस वर्ष पनि उत्साहका साथ मनाईदैछ ।

कर्णालीमा साउने सङ्क्रान्तिको साँझ जङ्गलबाट ल्याइएको झरा (खाेटााेयुक्त काठ) बाट बनाइएको राँको बालेर घरआँगन, छत तथा गाउँ वरिपरि घुमाउने चलन रहिआएको छ। यसो गर्दा रोगव्याधि, र विपत्ति टाढा भई परिवारमा सुख, शान्ति, समृद्धि र राम्रो बाली भित्रिने जनविश्वास रहेको छ।

पुस्तौंदेखि चल्दै आएको यो परम्परामा बालबालिका, युवा तथा ज्येष्ठ नागरिकसमेत सहभागी हुने गर्छन्। गाउँभरि राँकोको उज्यालोसँगै शुभकामना साटासाट गर्ने, आफन्त भेटघाट गर्ने र सामूहिक रूपमा पर्व मनाउने चलनले सामाजिक एकता र सद्भावलाई थप मजबुत बनाउने स्थानीयको भनाइ छ।

साउने सङ्क्रान्तिका अवसरमा कर्णालीका विभिन्न धार्मिक तथा पर्यटकीय स्थलमा मेला लाग्ने परम्परा पनि छ। विशेषगरी मुगुको राराताल, लखुपाटन, गम्गी चौर, मिली र बाजथला, जुम्लाको चन्दननाथ क्षेत्र, हुम्लाको लिमी क्षेत्रलगायतका स्थानमा स्थानीय मेला तथा धार्मिक गतिविधि सञ्चालन हुने गरेका छन्।

आधुनिक जीवनशैलीका कारण कतिपय परम्परा लोप हुने अवस्थामा पुगे पनि कर्णालीका अधिकांश ग्रामीण क्षेत्रमा साउने सङ्क्रान्तिमा झराको राँको बाल्ने मौलिक संस्कृति अझै संरक्षण हुँदै आएको स्थानीय बासिन्दाले बताएका छन्।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…