पशुपालनमा देखिएका नयाँ रोग नियन्त्रणका लागि अनुसन्धानमा जोड दिन्छौं: मुख्यमन्त्री आचार्य

पशुपालनमा देखिएका नयाँ रोग नियन्त्रणका लागि अनुसन्धानमा जोड दिन्छौं: मुख्यमन्त्री आचार्य
+
-
देशसञ्चार AI सारांश
  • मुख्यमन्त्री आचार्यले पशुपालन व्यवसायमा देखिएका नयाँ रोगहरूको समाधानका लागि नयाँ प्रविधि र अनुसन्धानमा जोड दिनुपर्ने बताए।
  • प्राविधिक विशेषज्ञहरूसँग सहकार्य गरी अनुसन्धानलाई नतिजामुखी बनाउने र किसानलाई व्यावसायिक बनाउन प्राविधिकहरूको भूमिका महत्वपूर्ण हुन्छ।
  • देशको समृद्धि साझेदारी प्रयासबाट मात्रै सम्भव हुने बताएका आचार्यले परम्परागत पेशालाई पुनः ध्यान दिनुपर्ने औंल्याए।

बुटवल– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य ले पशुपालन व्यवसायमा देखिँदै गएका नयाँ रोगहरूले यस क्षेत्रलाई धरासायी बनाउने जोखिम बढेकाे बताउदै यस्तो समस्याको दीर्घकालीन समाधानका लागि नयाँ प्रविधिको उच्चतम प्रयोग गर्दै खोज तथा अनुसन्धानलाई प्रदेश सरकारले प्राथमिकतामा राख्ने स्पष्ट पारेका छन्।

नेपाल भेटेरिनरी एशोसिएसनको १६ औं राष्ट्रिय सम्मेलनको शुक्रबार बुटवलमा उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले प्राविधिक विशेषज्ञहरूसँगको सहकार्यमार्फत अनुसन्धानलाई नतिजामुखी बनाउन सकिने बताए। उनले किसानलाई व्यावसायिक बनाउन प्राविधिक क्षेत्रको भूमिका अत्यन्त महत्वपूर्ण हुने उल्लेख गरे।

नयाँ समस्या देखिँदा त्यसको पहिचान र समाधानका लागि अनुसन्धान गर्ने जिम्मेवारी प्राविधिकहरूले लिनुपर्ने उनकाे भनाइ थियो। `मानिसका डाक्टरभन्दा पशु चिकित्सकहरूको जिम्मेवारी अझ बढी हुन्छ,´उनले भने,`पशुमा लाग्ने रोगको सही निदान र उपचार भएमा मानिसमा सर्ने धेरै रोगहरू स्वतः नियन्त्रण हुन्छन्। त्यसैले भूमिका महत्त्वपूर्ण छ।´

मुख्यमन्त्री आचार्यले अस्वस्थकर खाद्य प्रणाली नै धेरै रोगहरूको मूल कारण रहेको पनि औंल्याए। उनले परम्परागत पेशालाई बेवास्ता गर्दा उत्पादनमा कमि आएको उल्लेख गर्दै त्यसतर्फ पुनः ध्यान दिन आवश्यक रहेको बताए।

यसैबीच मुख्यमन्त्री आचार्य मुलुक साझा प्रयत्नले मात्रै समृद्ध बनाउन सकिने बताए। `यो मुलुक हामी सबै मिलेर बनाउने हो, कुनै अलौकिक शक्तिले बनाएर दिने होइन,´उनले भने`हाम्रो साझा प्रयासबाट मात्रै जनतालाई सुखी र समृद्ध बनाउन सकिन्छ।´

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…