सामाजिक सञ्जालमा गालीगलौज र धम्कीयुक्त भिडियो पोस्ट गर्ने २५ जना पक्राउ

सामाजिक सञ्जालमा गालीगलौज र धम्कीयुक्त भिडियो पोस्ट गर्ने २५ जना पक्राउ
+
-

जनकपुरधाम –  विभिन्न ग्रुप बनाई गालीगलौज, धम्कीयुक्त तथा ट्राफिक नियम उल्लंघन गरी बनाइएको भिडियो सामाजिक सञ्जालमा पोष्ट गर्ने गरेको आरोपमा २५ जना पक्राउ परेका छन्। सिरहा–चोहर्वा सडक खण्डमा प्रहरीको नियमित चेकजाँचको क्रममा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

सप्तरीको बलानबिहुल गाउँपालिकाका १२ जना तथा सिरहाको लहान नगरपालिकाका २ जना, विष्णुपुर गाउँपालिकाका ६ जना र भगवानपुर गाउँपालिकाका ५ जना गरी २५ जना युवाहरूलाई २१ थान मोटरसाईकलसहित नियन्त्रणमा लिइएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक रमेश बहादुर पालले जानकारी दिए।

किंग्स अफ बालेन, किंग अफ भगवानपुर, किंग अफ लहान, किलर ब्रदर्श जस्ता ग्रुपहरुको नाममा टिकटक, फेसबुक तथा अन्य सामाजिक सञ्जालमा युवाहरूको समूह बनाई विभिन्न किसिमका गालीगलौज र धम्कीयुक्त भिडियोहरू उनीहरुले पोस्ट गर्ने गरेका थिए भने ट्राफिक नियमको उल्लंघन गरी बिना हेल्मेट, कागजपत्र तथा बिना नम्बर प्लेटको प्रत्येक मोटरसाईकलमा ३/४ जना सवार युवा राजमार्गमा हो–हल्ला तथा सामाजिक शान्ति भंग गरी समाजमा आतंक मच्चाइरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…