जानकी मेडिकल कलेजका प्रमुख पाण्डे पक्राउ

जानकी मेडिकल कलेजका प्रमुख पाण्डे पक्राउ
+
-

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बैंकको कर्जा दुरुपयोग गरेको आरोपमा जानकी मेडिकल कलेजका प्रमुख ओमप्रसाद पाण्डेलाई पक्राउ गरेको छ।

सीआईबी टोलीले बुधबार उनलाई कलेज परिसरबाटै पक्राउ गरेको हो।
पाण्डेले महोत्तरीको बर्दिबास नगरपालिका–६ मा ‘इन्स्टिच्युट अफ एग्रिकल्चर, फरेस्ट एन्ड भेटेरिनरी साइन्सेस प्रालि’ नामक शेल कम्पनी स्थापना गरी प्रभु बैंकबाट कर्जा लिएको प्रहरीले जानकारी दिएको छ। कम्पनीको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) नै नभएको अवस्थामा धितोको अस्वाभाविक रूपमा बढी मूल्यांकन गराई कर्जा स्वीकृत गराएको अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ।
प्रहरीले पाण्डेले बैंकबाट लिएको कर्जा तोकिएको प्रयोजनमा प्रयोग नगरी अन्यत्र लगानी गर्दै पटक–पटक दुरुपयोग गरेको आरोप लगाएको छ।

काठमाडौं महानगरपालिका–९ रातोपुल निवासी पाण्डे राम जानकी हेल्थ फाउन्डेसनका सञ्चालक समिति अध्यक्ष तथा उक्त कम्पनीका एकल सञ्चालक हुन्।

उच्च अदालत पाटनबाट २०८२ मंसिर २८ गते पक्राउ पुर्जी जारी भएपछि फरार रहेका उनलाई सीआईबीले पक्राउ गरेको सिआईबी प्रवक्ता शिवकुमार श्रेष्ठले जानकारी दिए।

 

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…