एनआईसी एशिया बैंकद्वारा विद्यालय र वृद्धाश्रमलाई शैक्षिक तथा आवश्यक सामग्री सहयोग

एनआईसी एशिया बैंकद्वारा विद्यालय र वृद्धाश्रमलाई शैक्षिक तथा आवश्यक सामग्री सहयोग
+
-
देशसञ्चार AI सारांश
  • एनआईसी एशिया बैंकले झापा र बाराका विद्यालय तथा परोपकारी संस्थालाई फर्निचर, शैक्षिक सामग्री र उपकरणहरू सहयोग गरेको छ।
  • बैंकले ‘हाम्रो साझा घर’ संस्थालाई बेड र श्री सत्यश्वर शिवशक्ति तथा श्री अरनिको विद्यालयलाई डिजिटल उपकरण हस्तान्तरण गर्‍यो।
  • बैंकले वृद्धाश्रममा जीवन सुधार र विद्यालयमा डिजिटल शिक्षामा पहुँच विस्तार हुने विश्वास व्यक्त गरेको छ।

काठमाडौँ- एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत झापा र बाराका विद्यालय तथा परोपकारी संस्थालाई विभिन्न सहयोग सामग्री प्रदान गरेको छ।

बैंकले झापाको बिर्तामोडस्थित परोपकार तथा अनुसन्धान केन्द्रद्वारा सञ्चालित ‘हाम्रो साझा घर’लाई फर्निचर तथा बेड उपलब्ध गराएको छ भने बाराको निजगढस्थित श्री सत्यश्वर शिवशक्ति आधारभूत विद्यालय र झापाको मेचिनगरस्थित श्री अरनिको माध्यमिक विद्यालयलाई शैक्षिक सामग्री हस्तान्तरण गरेको जनाएको छ।

बैंकका अनुसार जेठ २१ गते आयोजित कार्यक्रममा केन्द्रीय सञ्चालन विभाग प्रमुख प्रकाश श्रेष्ठ र बिर्तामोड सर्कल हेड डेन राज सुब्बाले ‘हाम्रो साझा घर’की अध्यक्ष विष्णु दिदी कार्कीलाई बेड हस्तान्तरण गरेका थिए। उक्त संस्थामा हाल ४४ भन्दा बढी असहाय, अशक्त तथा वृद्ध व्यक्तिहरूलाई आश्रय र हेरचाहको व्यवस्था गरिएको छ।

त्यसैगरी, जेठ २२ गते सम्पन्न कार्यक्रममा वीरगन्ज सर्कल हेड गोपाल प्रसाद सुवेदीले श्री सत्यश्वर शिवशक्ति आधारभूत विद्यालयका प्रधानाध्यापक उमेश कुमार स्वर्णकारलाई ल्यापटप र प्रोजेक्टर प्रदान गरेका थिए। सोही दिन केन्द्रीय सञ्चालन विभाग प्रमुख श्रेष्ठ र सर्कल हेड सुब्बाले श्री अरनिको माध्यमिक विद्यालयका प्रधानाध्यापक विशाल भट्टराईलाई स्मार्ट बोर्ड र ल्यापटप हस्तान्तरण गरेका थिए।

श्री सत्यश्वर शिवशक्ति आधारभूत विद्यालयमा २६३ भन्दा बढी र श्री अरनिको माध्यमिक विद्यालयमा ३५० भन्दा बढी विद्यार्थी अध्ययनरत छन्।

बैंकले प्रदान गरेको सहयोगबाट वृद्धाश्रममा आश्रित व्यक्तिहरूको दैनिक जीवन सहज र स्वास्थ्यकर बन्ने तथा विद्यालयहरूमा डिजिटल सिकाइ अभ्यासलाई सुदृढ बनाउन, विद्यार्थी सहभागिता बढाउन र गुणस्तरीय शिक्षामा पहुँच विस्तार गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…