- एनआईसी एशिया बैंक र EFIX Nepal बीचको सम्झौताले ग्राहकहरूलाई विशेष सुविधा दिनुको साथै डिजिटल अनुभव सुधार गर्नेछ।
- बैंकका क्रेडिट कार्ड प्रयोगकर्ताहरूले शून्य प्रतिशत व्याजदरमा Honor स्मार्टफोनहरू १२ महिनासम्म किस्ताबन्दीमा खरिद गर्न सक्छन्।
- विदेशमा रहेका नेपालीहरूले पनि बैंकको ‘Cybersource’ गेटवे प्रयोग गरेर नेपालमा परिवारका लागि स्मार्टफोन पठाउन सक्छन्।
काठमाडौँ- एनआईसी एशिया बैंक लिमिटेड र नेपालका लागि अनर (Honor) ब्राण्डको आधिकारिक विक्रेता EFIX Nepal प्रा. लि. बीच बैंकका ग्राहकहरूलाई विशेष सुविधा प्रदान गर्ने सम्बन्धी एक द्विपक्षीय सम्झौता सम्पन्न भएको छ।
आफ्ना ग्राहकहरूको डिजिटल बैंकिङ्ग सम्बन्धी आवश्यकताहरूलाई सम्बोधन गर्दै ग्राहक अनुभवलाई थप परिष्कृत बनाउने रणनीतिक उद्देश्यका साथ यो सहकार्य गरिएको बैंकले जनाएको छ।
उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट चिफ ट्रान्जेक्सन बैंकिङ्ग नरेन्द्र मैनाली र EFIX Nepal का तर्फबाट आइटी म्यानेजर अश्विन गोपाल शर्माले हस्ताक्षर गर्नुभएको हो।
यस सम्झौता अनुसार एन आई सी एशिया बैंकका क्रेडिट कार्ड प्रयोगकर्ताहरूले कुनै पनि डाउनपेमेन्ट बिना, शून्य प्रतिशत व्याजदर (0% EMI) मा Honor ब्राण्डका स्मार्टफोनहरू efix.com.np बाट खरिद गर्न सक्नेछन्।
ग्राहकहरूले कुनै थप ब्याज बिना अधिकतम १२ महिनासम्मको अवधिमा आकर्षक मासिक किस्ताबन्दीमा भुक्तानी गर्न सक्ने विशेष लाभ हासिल गर्नेछन्। यसका लागि ग्राहकहरूले बैंकको पोर्टल instabuy.nicasiabank.com बाट सहजै अनलाइन आवेदन दिई भुक्तानीलाई मासिक किस्ताबन्दीमा रूपान्तरण गर्न सक्ने व्यवस्था मिलाइएको छ।
यसका साथै, विदेशमा रहेका नेपालीहरूले समेत EFIX Nepal को वेबसाइटमा बैंकको अत्याधुनिक कार्डमा आधारित अनलाइन भुक्तानी गेटवे ‘Cybersource’ प्रणालीमार्फत भुक्तानी गरी नेपालमा रहेका आफ्ना परिवार तथा आफन्तजनका लागि स्मार्टफोन उपहार पठाउन सक्नेछन्।
यस साइबरसोर्स प्रणालीमा जुनसुकै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बैंकहरूद्वारा जारी गरिएका भिसा र मास्टरकार्ड प्रयोग गर्न सकिने व्यवस्था छ।
डिजिटल भुक्तानीको उच्चतम प्रयोगमार्फत समृद्ध बैंकिङ्ग अनुभव प्रदान गर्न क्रियाशील रहेको यस बैंकले EFIX Nepal सँगको यस सहकार्यबाट ग्राहकहरूको व्ययभार कम गर्न ठूलो मद्दत मिल्ने विश्वास लिएको छ।
भर्खरै
लोकप्रिय
