- मोरङ उर्लाबारीका भरत कँडेल २८३ मतसहित राष्ट्रिय स्वतन्त्र पार्टी मोरङको सभापतिमा निर्वाचित भएका छन्।
- सचिवमा दिवस नेपालले १३० मतका साथ इन्जिनियर सुरेश श्रेष्ठलाई ६ मतले पराजित गरे।
- सहसचिव सिर्जना गिरी आचार्यले ३२३ मतसहित सन्तोष सिंहलाई १७७ मतान्तरले पराजित गरिन्।
मोरङ – राष्ट्रिय स्वतन्त्र पार्टी मोरङ (रास्वपा) को सभापतिमा भरत कँडेल विजयी भएका छन्। शनिबार राति भएको विराटनगरको एक होटलमा भएको मतपरिणाममा मोरङ उर्लाबारीका कँडेल २ सय ८३ मतसहित सभापतिमा निर्वाचित भएका हुन्।
उनले निकटतम प्रतिस्पर्धी कोषराज खनाल र सागर फुयाँललाई पराजित गरेका थिए। खनालले १ सय ३४ मत हासिल गरिरहँदा फुयाँलले ५६ मत पाएका थिए।
उपाध्यक्षमा भने विराटनगरकी विमला बस्नेत निर्विरोध भइन्। त्यसैगरी, जिल्लाको सचिवमा विराटनगर ८ का दिवस नेपाल विजयी भएका छन्।
सचिवका लागि भएको प्रतिस्पर्धात्मक दौडमा नेपालले १ सय ३० मत हासिल गरेका थिए। विजयी भएका नेपालसंग इन्जिनियर सुरेश श्रेष्ठ ६ मतको अन्तरले पराजित भए।
चार जनाबीच सचिवका लागि भएको प्रतिस्पर्धामा इन्जिनियर श्रेष्ठले १ सय २४ मत पाएका थिए। त्यसैगरी, अर्का प्रतिस्पर्धी बुद्धिनाथ अधिकारी १ सय १९ र कुमार खुलालले १ सय ३ मत पाएका थिए।
विजयी भएका नेपाल यसअघि कांग्रेस महानगर कमिटी उपसचिव थिए। त्यसैगरी, सहसचिवमा सिर्जना गिरी आचार्य विजयी भइन्। गिरीले प्रतिस्पर्धी सन्तोष सिंहलाई १ सय ७७ मतान्तरले पराजित गरिन्। गिरीले ३ सय २३ मत प्राप्तगरिरहँदा सिंह १ सय ४६ मतमा सीमित भए।
त्यसैगरी, जिल्लाको ४ वटा सदस्यका लागि ६ जनाबीच प्रतिस्पर्धा भएको थियो। जसमा भावना बस्नेत, ओमप्रकाश श्रेष्ठ, युवराज ओझा र लक्ष्मी श्रेष्ठ विजयी भए। उनीहरूसँग स्पर्धामा रहेका प्रमेश्वर साह र युवराज कार्की पराजित भए।
भर्खरै
लोकप्रिय
