- विकेभिएम स्कुलले अभिमुखीकरण कार्यक्रममा शैक्षिक र अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागिताको महत्त्वमा जोड दियो।
- स्कुलका प्रिन्सिपल तथा अतिथिले निरन्तर मिहिनेत, आत्मविश्वास र अनुशासनको पालनाले सफलता मिल्ने बताए।
- भाइस प्रिन्सिपलले विद्यालयले गुणस्तरीय शिक्षा, परामर्श, र प्रतिस्पर्धात्मक तयारीमा विशेष प्राथमिकता दिएको जानकारी गराइन्।
मोरङ – विराटनगरस्थित विकेभिएम स्कुलले कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीलाई स्वागत गर्दै अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ।
विराटनगरमा आइतबार आयोजित कार्यक्रममा स्कुलका प्रिन्सिपल रविनकुमार दाहालले सफलता हासिल गर्न निरन्तर मिहिनेत र आत्मविश्वासका साथ अघि बढ्नुपर्नेमा जोड दिए।
उनले कक्षा ११ र १२ को अध्ययन र समय जीवनको सही बाटोमा अघि बढ्ने अहं मोडका रूपमा लिनुपर्ने बताए। विद्यार्थीका लागि शैक्षिक र व्यावसायिक यात्राको सुरुवाती चरण उच्च माध्यमिक तह रहेको उनको भनाइ छ।

उनले अध्ययन, परिश्रम, मिहिनेत र अनुशासनलाई व्यवहारमा उतार्न सुझाव दिए। सोही क्रममा विशेष अतिथि गुरुकुल चार्टर्ड एकाउन्टेन(सिए) मुकुल भट्टले विकेभिएमबाट अध्ययन गरेका विद्यार्थी विभिन्न पेसामा अब्बलसहित काम गरिरहेको स्मरण गरे।
शैक्षिक हबका रुपमा स्थापित हँुदै गएको विराटनगरबाट केन्द्रीय राजधानी काठमाडाैँ र अन्य मुलुकसम्म विद्यार्थीलाई उच्च शिक्षाका लागि पुर्याउन सफल भएको उनले बताए।

मिहिनेत र लगनसहित अध्ययन गरेका विद्यार्थीले चार्टर्ड एकाउन्टेन, चिकित्सा, इन्जिनियरिङ, व्यवस्थापनजस्ता क्षेत्रमा सफलता पाएको उल्लेख गरे।
कार्यक्रममा स्कुलकी भाइस प्रिन्सिपल अञ्जली दाहालले यस शैक्षिक सत्रमा स्कुलमा व्यवस्थापन संकायमा ७० जना र विज्ञान संकायमा २ सय ७० जना गरी कुल ३४० जना विद्यार्थी भर्ना भएको जानकारी दिइन्।
भाइस प्रिन्सिपल दाहालले स्कुलले गुणस्तरीय शिक्षासँगै प्रयोगात्मक सिकाइ, शैक्षिक जीवनको परामर्श र प्रतिस्पर्धात्मक तयारीमा विद्यालयले विशेष प्राथमिकता दिएको बताइन्।

विद्यार्थीलाई शिक्षामा मात्र नभई अतिरिक्त क्रियाकलापमा समेत अब्बल बनाउन स्कुलले विभिन्न कार्यक्रम आयोजना गर्दै आएको उनले बताइन्।
कार्यक्रममा चिकित्सा शिक्षा अध्ययनरत पूर्वविद्यार्थी सुजल पौडेल र क्षितिज पराजुलीले स्कुलको अध्ययनपछि उच्च शिक्षा हासिल गर्दाको अनुभव व्यक्त गरेका थिए।
उनीहरूका अनुसार कक्षा ११ र १२ को अध्ययनले आगामी शैक्षिक यात्रामा सहजता मिलेको बताए। उक्त कार्यक्रममा नृत्यसमेत प्रस्तुत गरिएको थियो।

भर्खरै
लोकप्रिय
